झापामा २२९ जनाले स्वेच्छिक अवकाश लिदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

झापामा २२९ जनाले स्वेच्छिक अवकाश लिदै


२४ फाल्गुन २०७४, बिहिबार


भद्रपुर । स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो ।

अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा वढी ४३ जना रहेका छन् भने यसपछि हुलाकका कर्मचारी छन् । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने सरकारको योजना भएकाले लाभग्राही उत्साहित भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस