मुम्बई हमलाको २५ वर्षपछि ‘अन्डरवर्ल्ड डन’ दाउदका सहयोगी पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुम्बई हमलाको २५ वर्षपछि ‘अन्डरवर्ल्ड डन’ दाउदका सहयोगी पक्राउ


२४ फाल्गुन २०७४, बिहिबार


एजेन्सी । भारतीय अन्डरवल्र्डका डन दाउद इब्राहिका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ परेका छन् । भारत सन् १९९३ मा भएका श्रृखलावद् बम बिस्फोटका मुख्य योजनाकार फारूक टकला पक्राउ परका हुन्।

उनलाई युएइ प्रहरीले भारतलाई बुझाएको छ भने भारतले बिहीबार एयर इन्डियाको फ्लाइटबाट मुम्बई ल्याइएको छ । भारतको केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले उनलाई टाडा अदालतमा उपस्थित गराउने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो ।

सन् १९९३ मार्च १२ मा मुम्बइमा श्रृंखलाबद्ध बम विस्फोट भएको थियो । बम हमलामा २५७ जनाको मृत्यु भएको थियो भने ७ सयभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस