२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्लाझैं आमा सुसाइरहिन्…….

अ+ अ-

काठमाडौं । स्वयम्भूको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ वर्षीया सन्तोषी नेपाली भेटिइन् । उनलाई अरूका घरको धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्याइनभ्याई छ । यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ ।

छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौंतारिइरहेकी सन्तोषीको सोतोजस्तो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल असरल्ल देखिन्छन् । भाइबुहारी, छोरासहित ७ जनाको परिवार त्यही एउटै कोठामा बस्दा रहेछन् । १० महिनाअघि (जेठ ५) बलात्कारपछि हत्या गरिएकी १० वर्षीया छोरी अमृताको सम्झनाले उनलाई घरीघरी झस्काइरहन्छ ।

‘मुनाजस्ती थिई । सानैमा घरपरिवार र खानपिनको हेरचाह गर्थी,’ सन्तोषीले भनिन्, ‘ललितपुरको लेलेमा श्रीमान् (अशोक) ले कान्छी भित्र्याएपछि म २ छोरा र १ छोरी लिएर काठमाडौं छिरेकी हुँ, यता आएको एक वर्षजतिमा छोरी मारिई । त्यसपछि झनै एकल र अनाथ भएकी छु ।’

यस्तो थियो घटना

ललितपुर, टीकाभैरव गाउँमा गरिब पृष्ठभूमिमा जन्मे–हुर्केकी सन्तोषीले ५ कक्षासम्म मात्रै पढ्न पाइन् । गाउँले रीतिमा उनको १८ वर्षमै बिहे भयो । छोराछोरी र अरू पारिवारिक भार बढ्दै गयो । पारिवारिक खटपट, श्रीमान्को हप्कीदप्की र कुटपिट बेहोर्दै जीवन धानिरहेकी थिइन् । श्रीमान्ले कान्छी श्रीमती ल्याएपछि उनको जीवनको लय बिथोलियो । तीन लालाबाला चेपेर स्वयम्भूनजिकै आफ्ना दिदीभाइ डेरा बसेको ठाउँमा शरण माग्न पुगिन् । आफूले जानेको कपडा सिउने सीप र होजियारी फिनिसिङको ज्यालादारी काम गरेरै मुस्किलले जीवन गुजारा चलाइरहेका बेला जेठ ५ गते नसोचेको घटना खेप्नुपर्‍यो ।

डल्लुकै एक स्थानीय स्कुलमा कक्षा ६ मा पढिरहेकी अमृताको संसार एकदमै सानो थियो– डेरादेखि स्कुल, स्कुलदेखि डेरा । गरिबी र अभाव उस्तै । जेठ ५ गते शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलापको तालिका थियो तर उनी जान सकिनन् । किनकि, त्यसका लागि उनीसँग ‘अतिरिक्त’ ड्रेस थिएन ।

त्यसैले डेरामै टीभी हेरेर बसिरहेकी थिइन् अमृता । साँझपख उनी एकाएक ‘असहज अवस्थामा मृत भेटिएको’ खबर फैलियो ।

डल्लु, चागलमा सन्तोषीको डेरासँगैका छिमेकी थिए, मोरङ, बाहुनीका दिनेश चौधरी ९विश्वराम रनपैली० । सन्तोषीको परिवारसँग दिनेशको आउजाउ र हिमचिम बढिरहेको थियो । अमृताको जीवनहरणको कारण नै यही सम्बन्ध बन्न पुग्यो । तर सत्य बाहिर आइसकेर पनि पीडित पक्षको आवाज सुरुदेखि नै दबाउन खोजिएका प्रमाण पाइएका छन् । ‘घटनास्थल प्रकृति मुचुल्का उठाउने क्रममा ७ वर्षीय कान्छो छोरासँग मात्रै सोधपुछ गरिएको मैले थाहा पाएँ,’ आमा सन्तोषीले भनिन्, ‘पोस्टमार्टम गर्ने क्रममा यौनांगसहित तल्लो पेटमा देखिएको चोट, नीलो डाम र छोरीको घाँटीमा समेत चिथोरिएको, रक्ताम्य अवस्था थियो ।’ उनले यसबारे कहींकतै लिखित जानकारी नदिइएको गुनासो गरिन् ।

‘किटानी जाहेरीमा परिसकेका व्यक्तिको फिंगर प्रिन्ट र अन्य विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको मलाई थाहा भएन । घटनाबारे झन्डै एक महिनासम्म स्वयम्भू प्रहरीले मेरो किटानी जाहेरीसमेत लिन मानेन । यो स्थितिले धेरै शंका बढाएको थियो । तर, मेरो आवाज कसैले सुनेन,’ उनले भनिन् ।

डल्लुमै टेलरिङ पेसा गर्ने चौधरी बेलाबेला आफ्नो डेरामा आउने गरेको र छोराछोरीकै सामु नराम्रो दृष्टिले आफूलाई समाउने गरेको उनले सुनाइन् । नाबालक छोरीलाई समेत अपशब्द प्रयोग गर्ने गरेको सन्तोषीको भनाइ छ । ‘घटनाको एक साताअघि मात्रै आफ्नो सुकाएको कट्टु अमृताले लुकाइदे’को भन्दै चौधरीले मेरी छोरीलाई कुटपिट गरेको थियो । त्यतिबेला मैले कडा प्रतिवाद गरेकी थिएँ,’ सन्तोषीले सुनाइन्, ‘हेर्दै जा, म तेरी छोरीलाई एकदम ठेगान लगाएर छाडदिन्छु भनेको थियो । त्यसको सात दिनमै छोरी मारिएको अवस्थामा भेटिई ।’

सन्तोषीका अनुसार चौधरीको स्वभाव केटी देख्नासाथ झम्टने खालको रहेको जानकारी उसकी ४५ वर्षीया श्रीमतीलाई समेत थियो तर उनी प्रतिवाद गर्न सक्दिनथिन् । ‘जेठ ५ गते बिहान पनि म सधैंझैं १० बजे काममा निस्किएकी थिएँ, साँझ ५ बजेतिर सानो छोरो रुँदै मैले काम गर्ने कारखानामै आयो,’ सन्तोषीले सम्झिइन्, ‘बेलुका ३ बजे स्कुलमा लिन जानुपर्नेमा अमृता गइनछ, अनि डेरामा आएर बाहिरैबाट बोलाउँदा दिदी ९अमृता० नबोलेपछि छोराले अँध्यारो कोठामा दिदी नबोली घोप्टिएर बसेको देखेछ । छोराले भनेको सुनेर म कद्दै डेरा पुगेकी थिएँ ।’

सन्तोषीले छोरीलाई हातखुट्टा खुम्चिएको, झ्यालमा सलको पासो अडकाइएको र घोप्टिएको अवस्थामा ओछ्यान देखिन् । कपाल भुत्ल्याइएको जस्तो देखिन्थ्यो । बेहोस अवस्थामा भेटिएकी छोरीलाई अस्पताल लैजान चौधरी दम्पती र आसपासका छिमेकी गुहारे पनि कोही नआएको उनले बताइन् । त्यसपछि डल्लुमै बस्ने उनकी दिदीसहितको सहयोगमा वीर अस्पताल लगेकी थिइन् । अस्पताल पुर्‍याएर अक्सिजन चढाउने क्रममै डाक्टरले बच्ची अमृतालाई मृत घोषित गरेका रहेछन् ।

घटनामा विरोधाभास

अमृताको शव वीर अस्पतालबाट जेठ ५ कै राति शिक्षण अस्पताल लगिएको थियो । जेठ ७ मा मात्रै पोस्टमार्टम भयो । त्यसबेला पोस्टमार्टममा संलग्न डा। रिजन श्रेष्ठले अमृताको यौनांगको झिल्ली फुटेको, घाँटीमा घाउ देखिएको, मुखमा चोट देखिएको बताएका थिए । उनले मौखिक रूपमा दिएको यो रिपोर्टको ‘रेकर्ड’ रक्षा नेपाल नामक संस्थासँग सुरक्षित रहेको सन्तोषीले बताइन् ।

‘एक सातापछि पोस्टमार्टम रिपोर्ट आउँदा अमृताको मृत्युको कारण ‘झुन्डिएको’ (हयांगिङ) भनेर दिइयो,’ सन्तोषीले आँसु पुछदै सुनाइन्, ‘स्वयम्भू प्रहरीले पनि ‘दिदी, तपाईंकी छोरी त सलमा झुन्डिएर पो मरेकी रहिछन्’ भन्यो । म अचम्ममा परें । डेराको खाटमा उभिए माथि भित्तो छुनेबराबरको उचाइ छ, न सल उन्ने ठाउँ छ । यो कसरी सम्भव होला रु चिथोरेजस्तो रक्ताम्य घाँटी, तल्लो पेट, यौनांगमा कसरी नीलो डामरघाउ उत्रिएको हो भनेर कारण बुझ्न चाहें । तर, कसैले जवाफ दिएन ।’

स्वयम्भू प्रहरीले हतारमै र कुनै गहिरो अनुसन्धानबिनै घटनास्थल प्रकृति मुचुल्का उठाएको उनले आरोप लगाइन् । अमृताको टाईमा बिर्य भेटिए पनि त्यसलाई पनि थप प्रमाणका रूपमा नलगिएको उनको भनाइ छ । सन्तोषीको हारगुहारपछि दलित आयोग र रक्षा नेपालले चासो दिएपछि मात्रै स्वयम्भू प्रहरीले जेठ ३० मा किटानी जाहेरी लिएको थियो । प्रहरीले सुरुमा दिनेशलाई पक्राउ गरे पनि साधारण तारेखमा ५ हजार रुपैयाँ धरौटी लिएर छाडिदिएको रहेछ ।

‘त्यसअघि नै मेरा श्रीमान् अशोकले आफ्नी छोरी झुन्डिएर मरेकी हो भनेर स्वयम्भू प्रहरीमा हस्ताक्षरसहितको स्वीकारोक्ति निवेदन दिएको रहेछ,’ सन्तोषीले सुनाइन्, ‘भरे बुझदा त्यो पनि प्रहरीले आफैं निवेदन लेखेर श्रीमान् अशोकलाई जबर्जस्ती सहीछाप गराएको रहेछ । यसरी जालसाजी भएपछि मैले किटानी जाहेरीको व्यक्तिलाई कानुनतस् सजाय नदिलाइन्जेल आफ्नी छोरीको शव उठाउँदिनँ भनेर प्रतिज्ञा कसें ।’

अमृताको बलात्कारपछि हत्या गरिएको अभियोगपत्र काठमाडौं जिल्ला अदालतमा असार १६ मा मात्रै दर्ता भएको थियो । ‘चौधरीलाई पुर्पक्ष थुनामा राखिए पनि यो गम्भीर मुद्दामा सन्तोषीले न्याय पाउन सकिरहेकी छैनन्,’ वादीतर्फबाट स्वतन्त्र वकालत गरिरहेका अधिवक्ता स्वागत नेपाल भन्छन्, ‘स्वयम्भु प्रहरीले सुरुदेखि नै घटनाको अनुसन्धान र पोस्टमार्टममै लापरबाही गरेको देखिन्छ । मुद्दाको छिनोफानो नभइन्जेल र अभियुक्तले सजाय नपाइन्जेल छोरीको शव नउठाउने सन्तोषीको अडान कायमै छ ।’

अदालत स्रोतका अनुसार अमृता हत्या प्रकरणमा जिल्ला अदालतको फाँट नम्बर २० मा रहेको मुद्दामा ७ वटा पेसी चढिसकेको छ । ‘सरकारी वकिल कार्यालयबाट ३ चोटि पेसी स्थगित भइसकेको छ भने एकचोटि इजलासै बस्न सकेको थिएन,’ स्रोतले भन्यो, ‘अदालतले लास जाँच, घटनास्थल मुचुल्का गराउने कर्मचारी, साक्षी, रोहबरमा बस्नेसहित सबैलाई बुधबार बोलाएर बयान लिन थालेको छ ।’

आदेशमा अभियुक्त चौधरीलाई ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म पुर्पक्ष थुनामा राख्ने’ भनिए पनि यो सरकारवादी मुद्दामा हार भएमा पुनरावेदन जान सक्ने अथवा ‘साधक जाँच’ गराइनेसम्मको कानुनी व्यवस्था छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments