२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदी तर्न ट्युबकै भरः कुरा मात्रै चल्यो, वर्षौंसम्म पुल बनेन

अ+ अ-

बैतडी । महाकाली नदी किनारका बासिन्दा अझै पनि ट्युबकै भरमा नदी तर्न बाध्य छन् । महाकालीमा झोलुंगे पुलसमेत नहुँदा दशरथचन्द नगरपालिकाको सेरा, तिरखडेनी, सिम्तडीलगायत क्षेत्रका बासिन्दा ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

‘दैनिक उपभोग्य सामग्री र औषधिका लागि भारतीय बजारकै भर छ’, दशरथचन्द नगरपालिका–६ का दानसिंह कार्कीले भने, ‘महाकाली नदीमा पुल छैन, जसकारण वर्षौंदेखि ट्युबमै आवतजावत गर्न बाध्य छौं ।’

महाकालीमा ट्युब पल्टिँदा सर्वसाधारणको ज्यानसमेत जाने गरेको छ । महाकाली वारपार गर्ने अरू विकल्प नहुँदा ट्युबकै भर पर्नुपरेको दशरथचन्द–६, सेराकी तारा कार्कीले गुनासो गरिन् । पारिपट्टि आफन्त पनि छन् । भेटघाटदेखि अन्य कामका लागि भारतीय बजारको भर पर्नुको विकल्प नरहेको उनले बताइन् ।

सेरामा नेपालका तर्फबाट अहिले कच्ची सडक पुगेको छ । यहाँबाट सीमावर्ती बजार झुलाघाट पैदल हिँड्दा दुई घण्टा लाग्छ । ‘बर्खामा झुलाघाट जाने बाटोमा माथिबाट ढुंगा खस्छ’, स्थानीय तिलकराम टमाटाले भने, ‘ट्युबबाट तर्न सकियो भने गाडीमा जान पाइन्छ । कोही बिरामी भएको बेला सीमावर्ती भारतीय अस्पताल लैजान पनि ट्युबकै भरमा छौं ।’

त्यही ट्युबमा प्रयोगमा पनि भारतीय सुरक्षाकर्मीले रोक लगाएको उनले बताए । भारतीय सुरक्षाकर्मीले ट्युब काटिदिने गरेको उनको भनाइ छ । महाकालीमाथि झोलुंगे पुल बनाउने धेरै पहिलादेखि कुरा चलेको हो । यद्यपि, दुई देशको सीमा नदी भएकाले कुन ठाउँमा कसरी बनाउने भन्ने विषयमा केही छलफल हुन सकेको छैन । पुल नहुँदा सीमाक्षेत्रका नेपालीलाई ज्यादै सकस छ । ‘खाद्यान्नलगायत सामग्री खरिदका लागि भारतीय बजार नजिक पर्छ । त्यसका लागि ट्युबमै जोखिमपूर्ण यात्रा गर्नुपर्छ’, दशरथचन्द नगरपालिका–१० तीरखडेनीका रामसिंह बुडालले भने, ‘नेपालकै पुछारमा बैतडी छ । बैतडीको पुछारमा हामी छौं । हामीलाई सरकारले हेरेन ।’

नेपालतिरबाट तिरखडेनीमा अहिले कच्ची सडक पुगेको छ । त्यो पनि बर्खामा बन्द हुन्छ । यस्तो अवस्थामा भारतकै भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय जयन्ती बुडालले गुनासो गरिन् । ‘सीमाक्षेत्रका हामी बासिन्दाले ट्युबकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘विकल्पमा पुल बनिदिए सर्वसाधारणलाई राहत हुने थियो ।’

ट्युबबाट निकै जोखिम भए पनि नदी वारपार गर्न त्यसकै सहारा लिनुपर्ने बाध्यता रहेको तटीय क्षेत्रका बासिन्दाको भनाइ छ । ‘ट्युबबाट यात्रा गर्दा कतिखेर पल्टिने हो भन्ने डर हामीलाई लाग्छ’, तिरखडेनीकै हरिना पन्तले भनिन्, ‘डर लागेर मात्र के गर्नु ? विकल्प पनि त छैन ।’ आफूहरूको समस्या समाधानका लागि सरकारले यथाशीघ्र कदम चाल्नुपर्ने उनले बताइन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments