विवाह खर्च कटाएर विद्यालयलाई सहयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विवाह खर्च कटाएर विद्यालयलाई सहयोग


२३ फाल्गुन २०७४, बुधबार


त्रिशूली । विवाहमा लाग्ने खर्च जोगाएर जिल्लाको बेलकोटगढीका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन् ।

बेलकोटगढी नपा–११ का गोकर्णप्रसाद तिवारी र विद्या खरेलले विवाह खर्चको रकम जोगाएर स्थानीय निरञ्जना उच्चमाविलाई रु दुई लाख दुई हजार २०२ प्रदान गरेको हो ।

तिवारीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार तथा न्यून आय भएकालाई छात्रवृत्ति प्रदान गर्न दिवंगत पिता स्व. होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापना गरेको छ । उक्त कोषबाट एसइई परीक्षामा उत्कृष्ट चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक शिवराज पाण्डेले बताए । रासस

प्रतिक्रिया दिनुहोस