२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सा राष्ट्रिय निकुन्जमा बाघ गणना सम्पन्न

अ+ अ-

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।

सन् २०१३ को तथ्याँकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को बाघ गणनाको संख्या आउन बाँकी रहे पनि निकुञ्जभित्र २० वटा पाटेबाघ हुनसक्ने अनुमान निकुञ्जका अधिकारीहरुले गरेका छन् ।

लोपोन्मुख अवस्थामा रहेका पाटेबाघबारे विगत दुई वर्षदेखि लगातार क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणना र यसको आहारजन्य प्रजातिको अनुगमनबाट तिनको संख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ । सन् २०१५ मा गरिएको अनुगमनमा निकुञ्जभित्र बाघको संख्या १० वटा, सन् २०१६ मा १९ वटा तथा सन् २०१७ मा दुई वटा डमरुसहित १९ वटा बाघ भएको पुष्टि हुन आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले राससलाई बताए ।

पाटेबाघको एउटा तस्वीर अर्को तस्वीरसँग भिडाएर र बाघको शरीरमा रहेका धर्का हेरेर बाघको संख्या यकिन गरिने गरिन्छ । प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार बाघको वास्तविक संख्या तस्वीर विश्लेषण पछि मात्र थाहा हुने छ ।

सन् २०१५ को गैँडा गणनामा निकुञ्जभित्र तीनदेखि पाँच वटा गैँडा रहेको देखिएको थियो । सन् २०१६ मा गणना गर्दा निकुञ्जभित्र १०५ वटा गौरी गाई रहेको अनुमान गरिएको थियो ।

सन् २०१७/१८ को बाघको पछिल्लो संख्या आउन बाँकी रहे पनि उनको पाइला, दिसापिसाब र गतिविधिलाई आधार मानेर निकुञ्जभित्र करिब २० वटा पाटेबाघ हुन सक्ने अनुमान गरिएको हो ।

बाघको गणना गर्दा निकुञ्जमा बाघको बासस्थान पहिचान गर्न १६७ ग्रिड स्थापना गरिएको थियो भने निकुञ्जभित्र ३०० जति स्वचालित क्यामेरा जडान गरिएको थियो । एउटा ग्रिडलाई काम गर्न करिब दुई हप्ताको समय लागेको थियो ।

सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २५० पुर्याउने लक्ष्यसहित ट्रयापिङ क्यामेरा जडान गरी बाघ गणना शुरु गरिएको हो । बाघ गणनाको लागि निकुञ्जमा सात वटा हात्ती, निकुञ्ज कर्मचारी, वन कर्मचारी, वन्यजन्तु प्रविधिज्ञ, नेपाली सेना तथा मध्यवर्ती क्षेत्रका बासिन्दालाई परिचालन गरिएको थियो ।

बाघको संख्या वृद्धिका लागि बाघको बासस्थानमा सुधार, आहारा व्यवस्थापन, चोरी शिकारी नियन्त्रण तथा बाघ संरक्षणसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको निकुञ्ज प्रशासनले जनाएको छ ।

सन् २०१० को गणनाअनुसार नेपालमा बाघको संख्या १२० रहेको थियो । रासस

0 Comments