ठग खोज्ने क्रममा हुण्डी कारोवारी पक्राउ « प्रशासन
prasaLogo
२१ फाल्गुन २०७४, सोमबार

ठग खोज्ने क्रममा हुण्डी कारोवारी पक्राउ


प्रकाशित मिति : 5 March, 2018 10:50 am

काठमाडौं । प्रहरीले हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

उपहार परेको छ भन्दै ठगी गर्नेहरुको खोजी गर्ने क्रममा प्रहरीले हुण्डी कारोवारीलाई पक्राउ गरेको हो ।

पवि क्षेत्री र लक्ष्मीदेवी चपाईलाई ४० हजार पाउण्डको उपहार परेको भन्दै ५१ लाख ठगेको घटनाको अनुसन्धान गर्ने क्रममा हुण्डी कारोबारीलाई पक्राउ परेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा कुरियर सञ्चालक जयराम कार्की, जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर कृष्ण गोपाल अग्रवाल र नेपाल लोजेष्टिक प्रा।लि। खिचापोखरीमा कार्यरत मुष्कान तामाङ छन् ।

यसरी शुरु भयो घटना

पवि र लक्ष्मीदेवीलार्इ फेसबुकमा बेलायत घर बताउने एक जना अपरिचित व्यक्तिले ४० हजार पाउन्ड उपहार परेको भन्दै म्यासेज गर्‍यो । र, त्यो उपहार दिल्ली हुँदै नेपालसम्म आइपुग्ने बताइएको थियो ।

केही दिनपछि उनीहरूलार्इ उपहार दिल्ली आइपुगेको र
त्यहाँबाट नेपाल ल्याउनलार्इ निश्चित रकम चाहिने भन्दै माग भयो । ५१ लाख रूपैयाँ पठाउन राजी भएका उनीहरुले नागार्जुन–४, सितापाइलाका जयराम कार्कीलाई ४६ लाख बुझाए ।

कार्कीले त्यो रकम खिचापोखरीमा जयदुर्गा ट्रेड इन्टरनेशन नामक कस्मेटिक होलसेलका म्यानेजर नारायण अग्रवाललाई दिए । अग्रवालले दिल्लीमा पंकज अग्रवाललाई त्यो रकम पठाएको भेटिएको छ ।

अनुसन्धनका क्रममा नारायण अग्रवाल हुण्डी कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ । उनको पसलबाट स्रोत नखुलको रकम १५ लाख ६२ हजार ९ सय २० र म्यानेजर कृष्णगोपाल अग्रपालको मोबाइलमा हुण्डी कारोबार खुल्ने एसएमएस भेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस