अस्पतालको झ्यालबाट हामफाली बिरामीले गरे आत्महत्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अस्पतालको झ्यालबाट हामफाली बिरामीले गरे आत्महत्या


२१ फाल्गुन २०७४, सोमबार


चितवन । चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम फालेर एक बिरामीले आत्महत्या गरेका छन् ।

पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले झ्यालबाट हाम फालेर आत्महत्या गरेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि अस्पतालमा भर्ना भएका सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। युवानिधि बस्यौलाका अनुसार उनको आकस्मिक कक्षमा उपचारकै क्रममा मृत्यु भएको र शवलाई अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस