काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा आज काठमाडौं आउँदैछन् ।
३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका अब्बासी अपरान्ह सवा तीन बजे नेपाल आइपुग्ने भएका हुन् ।
आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्ने जनाइएको छ ।
सैनिक प्रवक्ता गोकुल भण्डारीका अनुशार नेपाली सेनाको टोलीले साँझ साढे ५ बजे सैनिकमञ्च टुँडिखेलमा उनको सम्मानमा गार्ड अफ अनर’ प्रदान गर्ने छ ।
त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीले होटल होटेल याक एण्ड एतिमा आयोजना गरेको रात्रीभोज सहभागी हुनेछन् । ओली र अब्बासीबीच भेटवार्तासमेत तय गरिएको छ । भेटघाटमा केपी ओलीलाई बधाइसंगै द्विपक्षीय हितका विषयमा छलफल हुने जनाइको छ । साथै द्विपक्षीय व्यापार, पर्यटन, शिक्षा, रक्षालगायतका विषयमा पनि ओलीसँगको भेटमा छलफल हुने पाकिस्तानी दूतावासका अधिकारीले बताएका छन् ।
मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तापछि प्रधानमन्त्री अम्बासी स्वदेश स्वदेश फर्किनेछन् ।







