२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्द्रेनी बन्यो संसद्

अ+ अ-

काठमाडौं । नयाँ संविधान निर्माणको अन्तिम चरणमा मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरी मधेसमा आन्दोलन, नाकाबन्दी र संविधान बहिष्कारको घोषणा गरेका थिए। उक्त आन्दोलनको प्रमुख नेतृत्वकर्ता थिए, राजपा अध्यक्ष महन्थ ठाकुर।

सौभाग्य वा समयको नियति, तिनै महन्थले आइतबार राष्ट्रपतिबाट संविधानको वफादारिताको शपथ खाए र अरू सांसदलाई पनि खुवाए। शपथग्रहण समारोहमा सांसदहरू आ–आफ्नो सांस्कृतिक र जातीय पहिरनमा सहभागी भएका थिए।

प्रतिनिधिसभा निर्वाचनको तीन महिनापछि प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन्। संघीय संसद् सचिवालयले संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको विशेष समारोहमा ज्येष्ठ सदस्यका हैसियतले राजपा नेता महन्थ ठाकुरले सांसदलाई शपथ गराए। नागरिकतामा महन्थभन्दा राजपाकै अर्का नेता महेन्द्र यादव पाँच वर्ष जेठा भेटिएका थिए। ७५ वर्षीय पाका राजनीतिज्ञ महन्थभन्दा महेन्द्रको उमेर बढी भएको समाचार सार्वजनिक भएपछि नैतिक रूपमा पनि उनलाई अप्ठ्यारो परेको थियो।

संघीय संसद् (प्रतिनिधिसभा÷राष्ट्रियसभा) को अधिवेशन सोमबार सुरु हुँदै छ। महेन्द्रको नागरिकता र वास्तविक उमेर फरक परेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले ‘आपत्ति’ जनाएपछि उनी अन्तिम समयमा रोकिएका थिए। प्रधानमन्त्री ओलीले आइतबार बिहान महन्थसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा साढे एक घण्टा वार्ता गरी ज्येष्ठ सदस्यको शपथ लिन प्रस्ताव गरेका थिए। बिहान साढे ९ देखि ११ बजेसम्म चलेको वार्तामा महन्थ ज्येष्ठ सदस्यको हैसियतमा शपथ खान राजी बनेको एमाले उच्च स्रोतले बतायो।

निर्वाचन आयोगले पठाएको पत्रमा यादवको उमेर अपत्यारिलो लागेपछि संसद्का कर्मचारीले महेन्द्रलाई फोन गरेर नागरिकता मगाएका थिए। नागरिकताअनुसार उनको उमेर ८० वर्ष नै पुगेको देखियो। सचिवालयले आइतबार बिहान पाँच दलको बैठक बोलायो। महेन्द्र ज्येष्ठ सदस्यका हैसियतले शपथ गराउन तयारी अवस्थामा थिए तर महासचिव भट्टराईले ‘उमेर विवाद सम्बन्धमा सर्वत्र चासो व्यक्त गरिएको’ भन्दै आफैं निकासका लागि अग्रसर भइदिन महेन्द्रसँग आग्रह गरे। त्यसपछि संसद् भवन बानेश्वरबाटै महेन्द्रले राजपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरे। स्रोतका अनुसार त्यतिबेला महन्थ प्रधानमन्त्री ओलीसँग वार्ता गर्दै थिए।

महेन्द्रले ज्येष्ठ सदस्यका हैसियतले बैठकको अध्यक्षता गरिदिन महन्थसँग आग्रह गरेका थिए। विवादका कारण आफू भने अनुपस्थित रहने जानकारी उनले महन्थ र संसद् सचिवालयलाई गराएका थिए। महेन्द्रकै फोनबाट संसद्का महासचिव भट्टराईले पनि महन्थसँग कुराकानी गरे र ज्येष्ठ सदस्यको शपथ तथा अरू सांसदलाई शपथको कार्यक्रमका विषयमा जानकारी गराए। भट्टराईको प्रस्ताव महन्थले सजिलै स्विकारे। त्यसपछि भट्टराईले महन्थलाई राष्ट्रपति कार्यालयमा लगेर ज्येष्ठ सदस्यको शपथ गराएका थिए।

‘संविधानप्रति अब सम्पूर्ण देशवासीको समर्थन प्राप्त भयो,’ संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भने, ‘संघीयता कार्यान्वयन र मुलुकलाई आर्थिक समृद्धिमा लैजान अब संसद्ले तालिका बनाएर कानुन निर्माण गर्नुपर्छ। असल परिपाटी बसाएर अघि बढ्न सके जनतामा सकारात्मक सन्देश दिन सकिन्छ।’ शपथ समारोहमा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सांसदहरूलाई स्वागत गर्दै ऐतिहासिक संविधान जारी भएको स्थलमै शपथ गराइएको बताएका थिए।

राष्ट्रियसभामा ज्येष्ठ सदस्य तारादेवी भट्टले सांसदहरूलाई शपथ गराएकी थिइन्। प्रतिनिधिसभाको शपथपछि राष्ट्रियसभाका सांसदको शपथ गराइएको थियो। शपथपछि सांसदहरूले लोगो लगाएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments