२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घूस बाँडफाँट नमिल्दा कुटाकुट

अ+ अ-

धनगढी । हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ ।

बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवन गरेका थिए ।’ प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीका बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को–को हुन् भन्ने पूर्ण खुलेको छैन ।

‘कुन कर्मचारी कुन कार्यालयको भन्ने जानकारी हुन सकेन,’ वडा प्रहरी कार्यालय प्रमुख रामबहादुर चन्दले भने, ‘कार्यालय कम्पाउन्ड भित्रैबाट मदिरा अत्यधिक सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।’ पक्राउ परेकामध्ये कुटपिटबाट हात भाँचिएका भट्टलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको पनि चन्दले जनाए । पक्राउ परेका कर्मचारीसँग घूस रकम लिएको लाखौं रुपैयाँ रहेको मालपोत कार्यालयका एक कर्मचारीको दाबी छ । ती कर्मचारीले भने, ‘एक सातासम्म उठेको रकमका विषयमा कुरा नमिलेका कारण कुटाकुट भएको हो ।’ उनका अनुसार नापीका २ र मालपोतका ४ कर्मचारी हुन् । होलीका दिन मालपोतको एउटा कोठामा बियर र मदिरा सेवन गर्दै हिसाबकिताब गर्न थालेपछिनापीका कर्मचारीले उठाएको घूस रकमदिन नमानेपछि कुटाकुट भएको कर्मचारी स्रोतको भनाइ छ ।

‘मदिरा सेवन गरेका कर्मचारी पक्राउ परेको जानकारी पाएको हुँ,’ प्रजिअ गोविन्द रिजालले भने, ‘कारबाहीका लागि प्रहरीमा पठाइएको हो, त्यसपछिको जानकारी हुन सकेको छैन ।’ पक्राउ परेका कर्मचारीका विषयमा प्रहरीले धेरै कुरा लुकाएको मालपोत कार्यालयका एक कर्मचारीको आरोप छ । ती कर्मचारी भन्छन्, ‘पक्राउ परेका कर्मचारीसँग रहेको घूस रकम हिसाबकिताब गरेको डायरीसमेत प्रहरीले लुकाएको छ ।’

घटनाका विषयमा मालपोत र नापी कार्यालयका प्रमुखले कुनै प्रतिक्रिया दिन चाहेनन् । कार्यालय समयभित्रै कार्यालयमै मदिरा सेवन गरी कुटाकुट भएको जानकारीसमेत नभएको नापी कार्यालय प्रमुखको दाबी छ । हाल साबिक नापी गर्ने सेवाग्राहीलाई अनावश्यक दुस्ख दिएर नापी र मालपोत कार्यालयका कर्मचारीले दैनिक लाखौं असुल गरिरहेका छन् । यी दुवै कार्यालयमा अनियमितता नरोकिएको विषयमा लगातार समाचार प्रकाशित हुँदै आएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments