२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्ति माता

अ+ अ-

आज आमा मसँग गुनासो गर्दे थिइन्
र भन्दै थिइन् मानव त दानव भएछन् अरे
मन अमिलो पारेर मलिन मुहार बोक्दै
आज आमा आफ्नै कोख धिक्कार्दै थिइन्

आमा भन्छिन् तिमीले बजारेको पैतालाको दुखाइले
म रोएको तिमीले सुन्यौ ?
या मेरा हरेक अंगहरु आज
बलात्कृत भएको तिमीले बुझ्यौ
मलाइ त सुन्दर फूलहरु उमार्ने उर्बर माटो बन्ने मन थियो ।
तर तिमीले आज मेरो पुरै शरीरलाई मुर्दाहरुको
चिहान बनाइदियौं ।

पानीको पहिलो बुँदले मलाई स्पर्स गरेपछि
मेरो शारीरबाट निस्कने सुबासले जब किसान रमाउथ्यो,
हो त्यतिबेला म भित्र भित्रै खुशी भएर बुर्कुसी मारेको तिमीले थाहा पायौ ?
या त भूकम्पले मेरा अंगहरु छिन्नबिन्ना पर्दा
मेरै कोखमा रहेको बिशाल सगरमाथा हारेको तिमीले थाहा पायौ ?

तिमीलाई त यो पनि थाहा छैन कि
मैले कति दुःखले यो सृष्टि बनाएकी थिएँ
न तिमीले देख्यौ कसरी मैले यो
प्रकृति सजाएकी थिएँ ?
आज मेरै छातीमा लात हानेर आफूलाई पार लगाउन खोज्ने तिमी
के बिर्सिएकै हौ त ? कसरी मैले तिम्रो जीवनमा स्वास फुकेकी थिएँ ?

तिमीले त यो पनि बिर्सियौ होला
कि मैले सिंगो पृथ्वी जन्माएकी थिएँ
त्यसैले त आज मेरो शिरमा ढुंगा फालेर
मेरा सन्ततीहरुलाई फुटाउन खोज्दै छौ
या यो पनि बिर्सियौ कि मैले त नाङ्गो पृथ्वी जन्माएकी थिएँ ।
त्यसैले त मेरो बदन तिम्रो निच सोचको फोहोरी बस्त्रले ओडाउन खोज्दै छौ ।

आज आमा मसंग गुनासो गर्दै थिईन्
पहिचान हराइछिन् आफ्नै दुखेसो पोख्दै थिईन्
गह भरि आंशु बोक्दै मेरी आमा
आज आफ्नै कोख धिकार्दै थिईन् ।

0 Comments