२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवालाई निर्विकल्प नेता बन्न नदिन सिंहको उम्मेदवारी

अ+ अ-

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए । नेता रामचन्द्र पौडेल पक्षले देउवालाई निर्विकल्प दलको नेता बन्न नदिन सिंहलाई अगाडि सार्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले निर्वाचन भएमा देउवा निर्वाचित हुने लगभग पक्का छ । ‘अहिलेसम्म पार्टीका सबै नेता सर्वसम्मत रूपमै दलको नेता चयन गर्न छलफलमा जुटिरहनुभएको छ, तर कुनै निष्कर्ष निस्केको छैन, निर्वाचनबाटै दलको नेता चयन गर्ने परिस्थिति सिर्जना हुँदै गएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments