पत्रकार भण्डारी र चटौत सम्मानित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पत्रकार भण्डारी र चटौत सम्मानित


१८ फाल्गुन २०७४, शुक्रबार


धनगढी । पत्रकमारद्वय मुकुन्द भण्डारी र धिरेन्द्र चटौत सम्मानित भएका छन् । समाचारको माध्यमबाट डोटेली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याएको भन्दै सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीले उनीहरुलाई सम्मान गरेको हो ।

पुरस्कारको राशी ११,१११ र सम्मान पत्र तथा दोसल्ला रहेको थियो । प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले सम्मान गरेका थिए ।

सञ्चारकर्मी स्वर्गीय हेम मल्लको सम्झनामा, सुदूर पश्चिम बहुउद्देश्यीय मञ्च धनगढीको आगुवाइमा उनको परिवार, सामाजिक संघसंस्था र केही व्यक्तिहरूको सहयोगमा स्थापित ‘हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार स्थापना गरिएको छ ।

भण्डारी र चटौतले वि.स. २०५७ सालदेखि रेडियो नेपालबाट डोटेलीभाषाको समाचार प्रसारण गरेका थिए । यस्तै डोटेली भाषाको सांगितिक कार्यक्रम हजारी मालाको पनि सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस