२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

अ+ अ-

दार्चुला । आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् ।

चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीय खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनशनमा बसेका हुन् ।

संघर्ष समितिले आयोजना निर्माणका क्रममा सुकेका खानेपानी र सिँचाइको स्थायी र दीर्घकालीन समाधान गर्नुपर्ने, आयोजनाबाट प्रत्यक्षरुपमा विस्थापित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिकाभरिमा निःशुल्क विद्युत्को व्यवस्था गर्नुपर्ने, चालु आर्थिक वर्षभित्र दार्चुला र बैतडी जिल्लालाई विद्युत् भार कटौती मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राखेको छ ।

यस्तै बाँध स्थलदेखि टेलरेससम्म चमेलियामा पानी छोड्नु पर्ने, आयोजना निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र स्थानीयसँग आयोजनाले गरेका सम्झौता तत्काल कार्यान्वय गर्नुपर्ने माग राखेका छन् । फागुन ११ गते संर्घष समितिले एक अपिल जारी गर्दै आयोजनासँग उक्त माग राखेको थियो ।

आयोजनाले आफूहरुका जायज मागलाई कुनै वास्ता नगरेका कारण आमरण अनशन बस्नुपरेको खानेपानी मूल संर्घष समितिका सचिव सुरेन्द्र तितराले जानकारी दिए ।

संर्घष समितिका अध्यक्ष शंकर खडायत, सचिव सुरन्द्र तितरा तथा समितिका सल्लाहकार सदस्य परमानन्द खडायतले बिहीबारबाट आमरण अनशन शुरु गरेका छन् ।

चमेलिया विद्युत् गृहको सुरक्षा र काममा बाधा नपर्ने गरी स्थानीय प्रशासन सुरक्षा निकायमा जानकारी गराइ आफूहरुले वडा नम्बर १ को नवनिर्मित भवनको प्रांगणबाट अनशन शुरु गरेको समितिका अध्यक्ष शंकर खडायतले जानकारी दिए । रासस

0 Comments