२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाख्रा चराउन गएकी आठ वर्षीय बालिका बलात्कृत

अ+ अ-

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् ।

बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

बालिकालाई बुधबारै साँझ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गराइएको नायब उपरीक्षक लिम्बूले बताए ।

बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा उनको गोप्य अंगमा समेत गहिरो घाउ भएको फेला परेपछि आवश्यक प्रमाण संकलन गरी गएराति नै उनको उपक्षेत्रीय अस्पतालमा सल्यक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली पटेर्वासुगौली गाउँपालिकामा खटाइएको प्रवक्ता लिम्बूले बताए । अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । रासस

0 Comments