२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने

अ+ अ-

काठमाडौं । कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो।

महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नेता सिंहले पनि आफू दाबेदार रहेको बताए । अर्का आकांक्षी महामन्त्री डा. कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । स्पष्ट दुई गुट रहेको कांग्रेसमा सिंह पार्टीको १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलको पक्षमा थिए ।

संसदीय दलको नेता छान्न २१ फागुनमा निर्वाचन हुनेछ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले १८ फागुनमा मतदाता नामावली सार्वजनिक गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । २१ फागनुको अपराह्न ४ बजे बस्ने संघीय संसद्को पहिलो बैठकले दलको नेता चयन गर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments