कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने


१७ फाल्गुन २०७४, बिहिबार


काठमाडौं । कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो।

महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नेता सिंहले पनि आफू दाबेदार रहेको बताए । अर्का आकांक्षी महामन्त्री डा. कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । स्पष्ट दुई गुट रहेको कांग्रेसमा सिंह पार्टीको १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलको पक्षमा थिए ।

संसदीय दलको नेता छान्न २१ फागुनमा निर्वाचन हुनेछ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले १८ फागुनमा मतदाता नामावली सार्वजनिक गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । २१ फागनुको अपराह्न ४ बजे बस्ने संघीय संसद्को पहिलो बैठकले दलको नेता चयन गर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस