गृहमन्त्री थापाद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री थापाद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण


१६ फाल्गुन २०७४, बुधबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा थापाले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजीटल फरेन्सिक ल्याव र पोलीग्राफ सेक्सनको निरीक्षण गरेका थिए ।

निरीक्षण भ्रमणका क्रममा थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुकको बिकास र समृद्धिका लागि अपराध अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहने भएकाले प्रहरीले नयाँ कार्यशैलीकासाथ काम गर्नुपर्ने बताए । प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नती, साधनस्रोतको अभाव लगायतका समस्या रहेको चर्चा गर्दै थापाले प्रहरीमा नयाँ ऐनको व्यवस्था, भौतिक साधनस्रोतको सम्पन्नताका लागि ठोस योजना सहित मन्त्रालयले काम गर्ने बताए ।

नेपाल प्रहरीलाई विश्वकै रोलमोडल बनाउन सकिने उल्लेख गर्दै गृहमन्त्री थापाले यसका लागि नयाँ योजना र नयाँ संरचनाका साथ अगाडि बढाउनु पर्ने बताए ।

समारोहमा बोल्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशन सम्बोधन नेपाल प्रहरीका लागि आगामी दिनमा गन्तव्य पहिल्याउन रोडम्यापको रुपमा रहने विश्वास व्यक्त गरे । अर्यालले मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्न सकिने विश्वास व्यक्त गरे ।

अर्यालले गृहमन्त्री सामु प्रहरीको बिकासक्रम, वर्तमान अवस्था, चुनौति, आवश्यकता र अपेक्षाका सम्वन्धमा स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस