२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदाचारको व्यवहारिक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ –प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचार उपदेश दिने मात्र नभइ व्यवहारमा अपनाउने विषय भएको बताएका छन् ।

सैनिक शारिरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा आयोजित राष्ट्रिय सेवा दलको १३ औं व्याचको अन्तिम दीक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

आफ्नो नेतृत्वको सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धिसहित देश विकास गर्नु रहेको बताउँदै सरकारले सबै क्षेत्रमा सदाचारको विधि अपनाउने कुरा उल्लेख गरे ।

सदाचार उपदेश दिने मात्रै विषय होइन, अपनाउने कुरा हो प्रधानमन्त्री ओलीले भने –’सरकार सदाचार अपनाउने र व्यवहारमा कार्यान्वयन गर्ने कुरामा प्रतिबद्ध छ ।’

राष्ट्रिय सेवा दलका संयोजक समेत रहेका प्रधानमन्त्री ओलीले तालीमका सहभागीलाई राष्ट्रिय एकता र भावनाले ओतप्रेत भई उच्च मनोबलका साथ आफ्ना उद्देश्य र सपना पूरा गर्न समेत आह्वान गरे । प्रधानमन्त्री ओलीले युवालाई हार्न होइन, जित्न सिकाउनका लागि यस्ता अभ्यास आवश्यक रहेको औल्याए ।

सबै युवालाई शिक्षित बनाई देश विकासको मूल प्रवाहमा समाहित गराउने कुरामा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै प्रधानमन्त्री ओलीले युवाको योगदानबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तालीमका सर्वोत्कृष्ट हुने सहभागीलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा रक्षामन्त्री तथा राष्ट्रिय सेवा दलका सहसंयोजक ईश्वर पोखरेलले युवा देशका भविष्य भएकाले उनीहरुको ज्ञान र सीपलाई विकासमा समाहित गराउन सरकारले जोड दिने बताए ।

युवा सशक्तीकरण सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले अगामी दिनमा सेवादलका कार्यक्रमलाई अझ ब्यापक र विस्तार
विस्तार गर्न व्यक्तिगत र मन्त्रालयको तर्फबाट सकरात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय सेवा दलका महानिर्देशक उपरथी रवीन्द्र क्षत्रीले ‘स्मार्ट युथ’ का लक्ष्यका साथ सेवादलले अगामी दिनमा ७७ जिल्लाका सात हजार ७०० युवालाई तालीम दिने जानकारी दिँदै तालीमबाट सिकेका ज्ञानले युवाका सशक्तीकरण गर्न सहयोग मिलेको बताए ।

१३ औँ दीक्षान्तमा ७६ जिल्लाका युवाका सहभागिता रहेको थियो । यस वर्ष सेवा दलले छ हजार युवालाई तालीम दिने लक्ष्य लिएको छ ।

विक्रम सम्वत २०२२ सालबाट अनुशासन राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श बाक्य बोकी युवाहरुको व्यक्तित्व विकासका लागि स्थापना भएको राष्ट्रिय सेवा दलले देश विकासमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दल विगत र वर्तमान नामक पुस्तक समेत सार्वजानिक गरे। सो अवसरमा तालीमका सहभागीले नाच तथा आकर्षक कला प्रदर्शनसमेत गरेका थिए ।

0 Comments