मोटरसाईकलबाट खसेर महिलाको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०७९, मंगलबार
   

मोटरसाईकलबाट खसेर महिलाको मृत्यु


१६ फाल्गुन २०७४, बुधबार


बस दुर्घटना

गौशाला । महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुँबेर कडायतले बताउनुभयो ।

खातुन पतिसँग ज १० प ८२०९ नं को मोटरसाइकलमा श्रीपुरबाट आफ्नो घर कठुधार जाँदै गर्दा औरही–८ स्थित टिम्कियामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते खातुनलाई उपचारका लागि बर्दिवास लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस