२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोलटोलमा गुनासो सुन्दै जनप्रतिनिधि

अ+ अ-

इलाम । चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, सूर्योदय नगरपालिकाका जनप्रतिनिधि भने यतिबेला टोलटौलमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दैछन्।

स्थानीय तह निर्वाचन सकिएको ७ महिनापछि यहाँका जनप्रतिनिधिले ‘गुनासो चौतारी’ अभियान चलाएका छन् । निर्वाचन हुनुअघि दिइएका आश्वासन, चुनावी घोषणापत्रमा लेखिएका विकासे आयोजना कार्यान्वयनको सम्भाव्यता र भइरहेका प्रयासबारे गुनासो चौतारीमा छलफल हुन्छ ।

नगरपालिकाका मेयर रणबहादुर राईले चुनावताका उम्मेदवारले बाँडेका आश्वासनलाई कुन अवधारणामा समेट्न सकिन्छ भनेर टोलटोलमै पुगेर छलफल गर्न थालिएको बताए । ‘विभिन्न वडाका टोलमा पुगेर अब गर्नुपर्ने कामबारे छलफल गरिरहेका छौं,’ मेयर राईले भने, ‘जनतालाई जागरुक बनाउन सकेमात्र हामी सफल हुनसक्छौं भन्ने सोचले उनीहरूसँग प्रत्यक्ष छलफलमा जुटेका हौं ।’

मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसमेत सहभागी गराएर नगरपालिकाले नागरिकसँग प्रत्यक्ष छलफल गराइरहेको छ । ‘एक चरण जनताको गुनासो सुन्दै नगरपालिकाका १४ मध्ये आधा वडामा पुगिसकिएको छ,’ मेयर राईले भने, ‘टोलटोलसम्म पुगेर सर्वसाधारणको गुनासो सुन्ने, सुझाव लिने र त्यहीअनुसार नीति–कार्यक्रम बनाउने योजनामा छौं ।’ पहिलो चरणमा प्रत्येक महिना टोलटोलमा गुनासो चौतारी लैजाने र पछि प्रत्येक साता यो अभियान चलाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

गुनासो चौतारीमा सर्वसाधारणले सक्रियतासाथ भाग लिइरहेका छन् । ‘स्थानीयले सडक, बिजुली, खानेपानी, सहरी विकास, कृषि, पशुपालनलगायत क्षेत्रको विकासका लागि भारी सुझाव दिइरहनुभएको छ,’ मेयर राई भन्छन्, ‘अब गर्नुपर्ने कामका लागि मात्र होइन, हिजो जनप्रतिनिधिविहीन अवस्थामा स्थानीय तहमा भएका अनियमितताबारे पनि सर्वसाधारणले खुलेर सूचना दिनुभएको छ ।’ जनप्रतिनिधिले गाउँमै टोलटोलमा पुगेर समस्या सुन्ने र सुझाव लिन थालेपछि सर्वसाधारण पनि खुसी देखिएका छन् । दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको थियो । सर्वसाधारणका समस्या उनीहरूको घर र टोलसम्म पुगेर सोधीखोजी गरिदिने कोही थिएनन् ।

नगरपालिकाको समाल्बुङ गाउँका सोम राईले भने, ‘जितेर गएका नेता गाउँ फकिँदैनथे तर अहिले नगरपालिकाका जनप्रतिनिधि गाउँ आएर सन्चो–बिसन्चो मात्रै सोध्दा पनि आनन्द हुँदोरहेछ ।’ नगरपालिकाले नागरिकको गुनासो सुन्न ‘हेल्लो सूर्योदय’ अभियान पनि चलाउने भएको छ । यसअन्तर्गत सर्वसाधारणले आफूलाई लागेको जिज्ञासा र सुझाव नगरपालिकासम्म पुर्याउने संयन्त्र तयार गरिनेछ । ‘जनताले प्रत्यक्ष रूपमा दिएको सुझाव र योजनाले आउँदा कार्यक्रम बनाउन हामीलाई निकै सजिलो हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने, ‘नागरिकका वास्तविक आवश्यकता के छन् भन्ने बुझेर बनाएका योजना, नीति र कार्यक्रम नै सबैभन्दा प्रभावकारी हुन्छन्।’

नगरपालिकाले सर्वसाधारणसँग सम्बन्ध स्थापना र सेवाग्राहीको काम छिटोछरितो गर्न सबै कामलाई डिजिटल प्रविधिमा लैजाँदै छ । डिजिटल प्रविधि प्रयोगले काम छिटो र मितव्ययी हुने अनुभव कर्मचारीको छ । ‘नागरिकको सूचनाको हक स्थापित गर्दै सबैजसो योजनामा सहभागिता जुटाउन सर्वसाधारणसँग प्रत्यक्ष जोडिएर काम गर्नेछौं,’ मेयर राईले भने । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments