२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरलता अभावको असर : ऋण लिनेको चाप कोषमा

अ+ अ-

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव भएपछि कर्जा लिनेको चाप कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषमा परेको छ। लगानीयोग्य पुँजी अभावमा बैंकिङ क्षेत्रको कर्जा प्रवाह गर्ने क्षमता घटेको छ। बैंकमा कर्जा नपाएपछि सर्वसाधारण यी दुई संस्थानमा धाउन थालेका छन्। अहिले ती संस्थानमा कर्जा लिनेको चाप बढेर दोब्बर भएको छ।

बैंकभन्दा सस्तो र सरलमाध्यमबाट कर्जा पाइने भएकाले ‘सञ्चयकर्ता’ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट कर्जा लिन आकर्षित भएका हुन्। कोषले प्रदान गर्ने अन्य कर्जाका साथै सेयर कर्जा र बैंकको कर्जा भुक्तान गर्न समेत सञ्चयकर्ताले कोषबाट रकम सापट लिने गरेको कर्मचारी सञ्चयकोषका मुख्य अधिकृत राजेन्द्र काफ्लेले जानकारी दिए। कोषले आठदेखि १० प्रतिशतसम्म ब्याजमा कर्जा प्रभाव गर्दै आएको छ।

कर्मचारी सञ्चय कोषबाट तीन महिनायता दैनिक करिब २० करोड ऋण तथा सापटी कर्जा प्रभाव हुने गरेको थियो। अहिले बढेर दोब्बर भएको काफ्ले बताउँछन्। ‘सामान्य अवस्थामा दैनिक करिब १० करोड रुपैयाँ विभिन्न शीर्षकमा कर्जा प्रवाह हुने गरेको थियो’, उनले भन,‘बैंकमा देखिएको ‘क्रेडिट क्रन्च’ ले घर सापटी, शैक्षिक कर्जा प्रवाह ह्वात्तै बढाएको छ।’ कोषबाट सञ्चयकर्ताले बढीमा एक करोडसम्म घर सापटी कर्जा लिन पाउँछन्। कोषले साढे नौ प्रतिशतमा आवास कर्जा उपलब्ध गराउँदै आएको छ।

नागरिक लगानी कोषमा पनि बजारमा नयाँ कम्पनीको सेयर आएयता कर्जाको चाप बढ्दै गएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए। ‘दुई कम्पनीको सेयर खुलेसँगै कर्जा लिनेको चाप बढेर दोब्बर भएको छ,’ उनले भने, ‘अन्य समयमा दैनिक तीनरचार करोड रुपैयाँ सापटी जाने गरेको थियो।’ अहिले केही दिनयता बढेर दैनिक सातरआठ करोडसम्म सहभागीले कर्जा सापट लिने गरेका छन्।’

गत शुक्रबारदेखि सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको दुई अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन सुरु भएको छ। कर्जा लिँदा छिटो हुुनुका साथै थोरै ब्याजमा पाइने भएकाले सरकारी स्वामित्वका संस्थानमा कर्जा लिनेको आकर्षण बढेको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments