२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमनमा डरलाग्दो सेटिङ : पाँच भारतीय पक्राउ

अ+ अ-

काठमाडौं । अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। तीन जनालाई अध्यागमन पार गर्नेबित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो।

प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। उनीहरूका गतिविधि शंकास्पद भएको विमानस्थल प्रहरीले जनाएको छ। अध्यागमनका कर्मचारीले ती भारतीय अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपालको हवाई मार्ग हुँदै हङकङ जान लागेको हुन सक्ने दाबी गरेका छन्।

विमानस्थलका केही प्रहरी, अध्यागमन र एयरलाइन्सका कर्मचारीले सेटिङ गरी भारतीय नागरिकलाई अध्यागमन पार गराएको सूचना पाउनेबित्तिकै कर्मचारीले विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दलाई जानकारी गराएका थिए। त्यसलगत्तै, प्रहरी र अध्यागमनका कर्मचारीले ती भारतीयलाई पक्राउ गरेका थिए।

प्रहरीको समन्वयमा उड्न लागेको नेपाल एयरलाइन्सको जहाज झन्डै एक घण्टा होल्ड गरिएको थियो। दुई जना नो अब्जेक्सन लेटर नभएका भारतीयलाई विमानस्थलबाट पक्राउ गरी बाहिर ल्याइएको थियो।

सेटिङमा पठाएको घटनाले मंगलबार दिनभर विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो। विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले नो अब्जेक्सन लेटर नभएका पाँच भारतीयलाई पक्राउ गरी अध्यागमन विभाग पठाइएको जानकारी दिए।

थपलियाले भने, ‘पहिलो पटक नेपालको हवाईमार्ग हुँदै विदेश जाने भारतीयलाई अनिवार्य दूतावासको पत्र चाहिन्छ। उनीहरूसँग उक्त पत्र नभएकाले पक्राउ गरेका हौं’, अध्यागमनका कर्मचारीले आर्थिक मिलेमतोमा दूतावासको पत्र नभएका पाँच भारतीयको राहदानीमा डिपार्चर छाप लगाइदिएका थिए।

उनीहरू किन भारतबाटै हङकङ गएनन् भन्ने विषयले विभिन्न शंका उब्जिएको छ। ‘नेपालको हवाई मार्ग हुँदै पहिलो पटक विदेश जाने भारतीयले अनिवार्य नो अब्जेक्सन लेटर देखाउनुपर्ने प्रावधान विमानस्थलका सबै सम्बद्ध कर्मचारीलाई थाहा छ’, अध्यागमनका एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘जसले गरे पनि गम्भीर अपराध भयो।

नो अब्जेक्सन लेटर देखाउने भारतीय नागरिक नेपाल हुँदै अन्य मुलुक जान सक्छन। तर, विमानस्थल अध्यागमनका केही कर्मचारीले पत्र नभएका पाँच भारतीयलाई आर्थिक लेनदेनमा प्रस्थान अनुमति दिइएको देखिन्छ।’ ‘तिनीहरू आतंकवादी संगठनसँग सम्बन्धित भए त्यसको जिम्मा कसले लिन्छ ? राम्रो विचारले उनीहरू हङकङ जान लागेका थिए भने भारतीय दूतावासबाट किन नो अब्जेक्सन लेटर लिएनन्। यो प्रकरणमा गम्भीर लापरवाही भएको छ। गृह मन्त्रालयले छानबिन गरोस’, ती कर्मचारीले भने।

‘अध्यागमनले दिएको सूचनापछि हामीले केहीबेर जहाज होल्ड गरी यात्रुका कागजपत्र जाँच गर्‍यौं’, विमानस्थल प्रहरी प्रमुख एसएसपी चन्दले भने, ‘विमान भित्रैबाट दुई भारतीयलाई पक्राउ पनि गर्‍यौं।’

करिब १० जना भारतीय सेटिङमा विमानभित्र चढिसकेको सूचना आएपछि ‘ पुस ब्याक’ भइसकेको जहाज रोकेर यात्रुको कागजपत्र जाँच गरिएको थियो। त्यस क्रममा दुई भारतीयलाई विमान भित्रैबाट निकालेको स्रोतले जनाएको छ।

माओवादी केन्द्रका रामबहादुर थापाले गृहमन्त्रीको पदबहाली गर्दै अध्यागमनलाई सुधार्ने पहिलो प्राथमिकता रहेको बताएको भोलिपल्टै (मंगलबार) अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीले आर्थिक सेटिङमा मानव तस्करीको शैलीमा पाँच भारतीय नागरिकलाई हङकङ पठाउने तयारी गरेका थिए। थापाले अध्यागमन सुधार्न पूर्वमहानिर्देशक केदार न्यौपानेको संयोजकत्वमा कार्यदल बनाउने निर्णयसँगै गृहमन्त्रीको पदबहाली गरेका थिए।

‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments