२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फोरमलाई सरकारमा सहभागी गराउन आज सहमति’

अ+ अ-

काठमाडौं । संविधान संशोधन सुनिश्चित गरेर संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन आज सहमति हुने एमाले नेता सुवास नेम्वाङले बताएका छन् । सोमबार सत्तारुढ दल र फोरमबीच भएको छलफल निष्कर्षउन्मुख रहेको र आज सामान्य छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने नेम्वाङले बताए ।

‘फोरम सरकारमा जानेबारे छलफल निष्कर्षउन्मुख भएको छ । बुधबार करिब एक घन्टा छलफल भएर सहमति हुनेछ,’ नेम्वाङले भने, ‘संविधानको कुन–कुन विषय संशोधन गर्ने सहमति दुवै पक्षले मस्यौदा बनाएर बुधबार टुंग्याइनेछ ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न एमाले विगतदेखि नै लचक रहेकाले फोरमसँग सहमतिनजिक पुग्न सहज भएको पनि उनले बताए । फोरमले कति र कुन मन्त्रालय पाउने टुंगो पनि आजै लाग्नेछ । प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवले यो विषय टुंग्याउनेछन् ।

फोरम सरकारमा सहभागी हुने विषयमा मंगलबार एमाले नेता नेम्वाङ र फोरमका राजेन्द्र श्रेष्ठ तथा रामसहाय यादवबीच छलफल भएको थियो ।

आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने

सरकार र फोरमबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि आजै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना छ । फोरम दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने मौखिक सहमति भइसकेको छ । आज लिखित सहमति भएसँगै तीनवटै पार्टीका बाँकी मन्त्रीलाई आजै शपथ खुवाउने योजनामा प्रधानमन्त्री छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments