२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धिको ढोका कालीगण्डकी करिडोर

अ+ अ-

काठमाडौं । कालीगण्डकी करिडोरले प्रदेश ४ र ५ को आर्थिक समृद्धिको ढोका खुलेको छ । करिडोरअन्तर्गत ट्र्याक खुलेका र यातायातसमेत सञ्चालन भएका खण्डमा आर्थिक चहलपहल सुरु भइसकेको छ । प्रदेश ४ र ५ का ६ वटा जिल्ला हुँदै करिडोरले चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने भएकाले समृद्धिको आधारका रूपमा लिइएको छ ।

कोरलादेखि सुनौलीसम्म करिब ४ सय ३५ किमि लामो करिडोरले दुई प्रदेशलाई मात्र होइन देशकै आर्थिक समृद्धिको ढोका खोल्ने अधिकारी बताउँछन् । करिडोरसँग जोडिएका स्थानीयले फाइदा लिन सुरु गरिसकेका छन् भने सम्पन्न भएपछि नेपाल, भारत र चीनले समेत फाइदा लिनेछन् । कोरलादेखि सुनौलीसम्मको कालीगण्डकी करिडोरलाई चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको छ ।

करिडोरले नदी वारिपारिका जिल्लाहरूको कृषि, पर्यटन, विद्युत्, उद्योग र व्यवस्थित बसोवासका लागि धेरै अवसर सिर्जना भइरहेको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी बताउँछन् । ‘सडक सञ्जाल जोडिएपछि करिडोरमा पर्ने जिल्लाका अधिकांश गाउँ बजारमा परिणत भएका छन्,’ भारीले भने, ‘विभिन्न स्थानमा सडक पुगेपछि व्यापार केन्द्रमा परिणत भएका छन् । जिल्लाको व्यावसायिक सम्भावना फराकिलो भएको छ ।’ व्यापारिक मार्गका रूपमा करिडोरलाई विकास गरी विभिन्न ठाउँमा बस्ती बसाइ बाग्लुङलाई व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने उनले बताए ।

करिडोरले प्रदेश ४ र ५ का ६ वटा जिल्लाका १० लाख ३० हजार जनतालाई सडक सञ्जालमा जोड्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments