एक सय ६८ परिवारलाई आयोडिन नुन बितरण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एक सय ६८ परिवारलाई आयोडिन नुन बितरण


१५ फाल्गुन २०७४, मंगलबार


डोटी । दिपायल सिलगढी नगरपालीकाले सोमबार आयोडिन नुन वितरण गरेको छ ।

नगरपालिकाले एक सय ६८ परिवारलाई प्रति परिवार दुई किलोका दरले दुई वालवालिकाको चिन्ह अंकित आयोडिन नुन बितरण गरेको हो ।

नगरपालीका भित्रको दुर्गम गाउँका रुपमा रहेको वडा नं। ९ मछेन्तोलाका सबै घर धुरीलाई आयोडिननुन वितरण गरेको हो ।

आयोडिनको कमिका कारण हुने समस्या न्यूनिकरणका लागि आयोडिनयुक्त नुनको प्रयोगबारे सचेतना फैलाउने उद्देश्यका साथ गाउँमै पुगेर नुन वितरण गरिएको दिपायल सिलगढी नगरपालीकाकी मेयर मञ्जु मलासीले बताइन् ।

विगतका वर्षहरुमा झैं नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत बाल स्वास्थ्य महाशाखाको योजनामा सन् २०१८ को फेब्रुअरी महिनालाई ‘आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना’का रुपमा मनाउने क्रममा गाउँमै पुगी दुई नुन वितरण गरिएको नगरपालीकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।

वडा नं। ९ का अध्यक्ष धर्मबहादुर साउँदको अध्यक्षतामा आयोजित आयोडिन नुन सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नुन वितरण कार्यक्रम गरिएको थियो ।

साविकको बगलेग गाउँविकास समिति अन्र्तगत रहेको मछेन्तोला गाँउ हाल स्थानीय तहको संरचनामा दिपायल सिलगढीमा वडा नम्बर ९ मा गाँभिएको भएपनि अझै यातायातको सुविधा पुग्न सकेको छैन । उक्त वडामा अझै सामाजिक, आर्थिक, शैक्षिक अवस्था र विकासको अवस्थालाई निकै दयनीय रहेको छ ।

ढिके नुन प्रति किलो १२ रुपैयाँ र आयोडिनयुक्त नुन त्यसको दोब्बरभन्दा बढी २५ रुपैंयाँ पर्ने भएकाले डोटीका अधिकांश ग्रामिण भेगका मानिसले अँझै पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस