२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सय ६८ परिवारलाई आयोडिन नुन बितरण

अ+ अ-

डोटी । दिपायल सिलगढी नगरपालीकाले सोमबार आयोडिन नुन वितरण गरेको छ ।

नगरपालिकाले एक सय ६८ परिवारलाई प्रति परिवार दुई किलोका दरले दुई वालवालिकाको चिन्ह अंकित आयोडिन नुन बितरण गरेको हो ।

नगरपालीका भित्रको दुर्गम गाउँका रुपमा रहेको वडा नं। ९ मछेन्तोलाका सबै घर धुरीलाई आयोडिननुन वितरण गरेको हो ।

आयोडिनको कमिका कारण हुने समस्या न्यूनिकरणका लागि आयोडिनयुक्त नुनको प्रयोगबारे सचेतना फैलाउने उद्देश्यका साथ गाउँमै पुगेर नुन वितरण गरिएको दिपायल सिलगढी नगरपालीकाकी मेयर मञ्जु मलासीले बताइन् ।

विगतका वर्षहरुमा झैं नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत बाल स्वास्थ्य महाशाखाको योजनामा सन् २०१८ को फेब्रुअरी महिनालाई ‘आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना’का रुपमा मनाउने क्रममा गाउँमै पुगी दुई नुन वितरण गरिएको नगरपालीकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।

वडा नं। ९ का अध्यक्ष धर्मबहादुर साउँदको अध्यक्षतामा आयोजित आयोडिन नुन सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नुन वितरण कार्यक्रम गरिएको थियो ।

साविकको बगलेग गाउँविकास समिति अन्र्तगत रहेको मछेन्तोला गाँउ हाल स्थानीय तहको संरचनामा दिपायल सिलगढीमा वडा नम्बर ९ मा गाँभिएको भएपनि अझै यातायातको सुविधा पुग्न सकेको छैन । उक्त वडामा अझै सामाजिक, आर्थिक, शैक्षिक अवस्था र विकासको अवस्थालाई निकै दयनीय रहेको छ ।

ढिके नुन प्रति किलो १२ रुपैयाँ र आयोडिनयुक्त नुन त्यसको दोब्बरभन्दा बढी २५ रुपैंयाँ पर्ने भएकाले डोटीका अधिकांश ग्रामिण भेगका मानिसले अँझै पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन् ।

0 Comments