२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीमा फर्कंदा मन्त्रालयको जिम्मेवारी

अ+ अ-

काठमाडौं । पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए । मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।

शीतलनिवासस्थित राष्ट्रपति भवनमा विशेष समारोहका बीच राष्ट्रपति विद्या भण्डारीले थापा र यादवलाई विभागीय मन्त्रीको रुपमा सपथ खुवाइसकेकी छन् । दुवैले आआफ्नो मन्त्रालयमा पुगेर कार्यभार पनि समालिसकेका छन् । मूलधारमै ररिहेका वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, अमनलाल मोदी, बिना मगर र पम्फा भुसाल सम्भावित मन्त्रीका रुपमा चर्चामा थिए । तर, उनीहरुलाई थापा र यादवले उछिने।

थापा र यादव यसअघि मन्त्री हुँदा एकएकवटा चर्चित प्रकरणसँग जोडिएका थिए । थापालाई ‘कट्वाल प्रकरण’ तथा यादवलाई ‘शौचालय प्रकरण’ सँग जोडेर हेरिन्छ । ‘कट्वाल प्रकरण’ का कारण तत्कालीन प्रधानमन्त्री दाहालले राजीनामासमेत दिनुपरेको थियो । तत्कालीन रक्षामन्त्री थापा सो प्रकरणको सूत्रधार मानिएका थिए।

थापा तत्कालीन उपाध्यक्ष मोहन वैद्यसँगै २०६९ असार ६ गते माओवादीबाट अलग भएका थिए । वैद्य माओवादीको महासचिव भएर काम गरेका थापा २०७३ वैशाख ६ गते दाहाल नेतृत्वको माओवादीमा फर्केका थिए । थापाले एमाले र माओवादीको गठबन्धन निर्माण भूमिका निर्वाह गरेका थिए । उनी एमालेसँग एकीकरणप्रति सुरुदेखि सकारात्मक रहँदै आएका छन् । पार्टी एकीकरणप्रति नकारात्मक देखिएका वर्षमान पुन पनि गृहमन्त्री हुन इच्छुक थिए।

नवनियुक्त गृहमन्त्री थापाले ‘जनअपेक्षाअनुसार काम गर्ने, गृह प्रशासन सुधार गर्ने र प्रभावकारी बनाउने’ प्रतिबद्धता जनाएका छन । शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गराउन आफ्नो कार्यकाल महत्वपूर्ण हुने उनको अभिव्यक्तिलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । उनी राष्ट्रियसभा सदस्य हुन् ।

नवनियुक्त उद्योगमन्त्री यादव तत्कालीन एमाओवादी पार्टीबाट सबैभन्दा पहिला बाहिरिने नेता हुन् । दाहाल नेतृत्वको सरकारमा वनमन्त्री हुँदा एक अधिकृतलाई शौचालयमा थुनेपछि उनी ‘बर्खास्ती’ मा परे।

त्यसपछि एमाओवादी छाडेर नेकपा माओवादी पुनर्गठन गरेको घोषणा गर्दै उनी त्यसको संयोजकसमेत बने । तर उनी राष्ट्रिय राजनीतिको मूलधारबाट झन्डै ७ वर्ष ओझेलमा परे । उनीसँग रहेका कतिपय नेता दाहाल नेतृत्वकै मूल पार्टीमा फर्केपछि यादव झन्डै एक्लै परे । माओवादी शक्तिबीच २०७३ जेठ ६ गते एकीकरण प्रक्रिया सुरु भएपछि यादव पुरानै घर फर्के । यसअघि संविधानसभा सदस्य तथा मन्त्री हुँदा उनले मातृभाषा (मैथिली) मा सपथ लिएका थिए । उनले सोमबार पनि मैथिली भाषामै सपथ लिए । उनी तेस्रोपटक मन्त्री भएका हुन् । उनी धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments