२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वैच्छिक अवकाशको निवेदन दिने कर्मचारीको संख्या ४४ सय, अवकाश रोज्ने तीन सचिव पनि

अ+ अ-

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाशमा जाने कर्मचारीहरूका लागि करिब १५ अर्ब खर्च हुने अनुमान गरेको छ । सोमबारसम्म देशभरका कार्यालयबाट कुल ४४ सय ६२ जनाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएको सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश एकाइका उपसचिव धर्मराज रोकायले बताए ।

स्वैच्छिक अवकाशका लागि दर्ता भएका निवेदन संकलन जारी छ । १९ फागुनसम्म संकलन गर्ने समय रहेकाले अवकाश रोज्नेको संख्या बढ्न सक्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्वैच्छिक अवकाश रोज्नेको संख्या करिब पाँच हजार पुग्ने अनुमान मन्त्रालयको छ । यो आधारमा उनीहरूका लागि करिब १५ अर्ब खर्च गर्नुपर्ने हिसाब निकालिएको हो ।

मन्त्रालयका अनुसार स्वैच्छिक अवकाशका लागि तीनजना सचिवले निवेदन दिएका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संसद् सेवातर्फका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्की छन् । संघीयतामा जान नचाहने कर्मचारीका लागि ल्याएको अवकाशको प्याकेजको दुरुपयोग गर्दै अनिवार्य अवकाश पाउने अवस्थामा रहेका उनीहरूले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका हुन् ।

१४ जना सहसचिवले पनि स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उनीहरूमध्ये चारजना भर्खरै मात्र वरिष्ठताका आधारमा उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए । चतुर्भुज ज्ञवाली, कृष्ण मुरारी न्यौपाने, भरत ढुंगाना र राजेश्वर पौडेल अवकाश रोज्ने सहसचिव हुन् । अरू पनि स्वतः अवकाश पाउने समय थोरै बाँकी भएकाहरू छन् ।

मन्त्रालयले स्वैच्छिक अवकाशका लागि निवेदन दिनेहरूमा उपसचिवतर्फ करिब ४५ जना रहेको जनाएको छ । मन्त्रालयले स्वैच्छिक अवकाशका लागि निवेदन दिनेहरूमध्ये करिब ८० प्रतिशत राजपत्र अनंकित सुब्बा, खरदार, कार्यालय सहयोगी र सवारीचालक रहेको जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments