नेविसंघको प्रवक्तामा जोशी « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

नेविसंघको प्रवक्तामा जोशी


१४ फाल्गुन २०७४, सोमबार


काठमाडौं । नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न प्राज्ञिक र सूचना प्रविधिको प्रयोगले संगठनलाई अझ थप योगदान पुर्याउने जिम्मेवारीपत्रमा उल्लेख गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस