२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोर्ड बिक्रेताको ब्रम्हलुट : कारबाही गर्न खुट्टा कमाउँदै आपूर्ति विभाग

अ+ अ-

काठमाडौं । फोर्ड ब्रान्डको सवारीसाधनमा ठगी गरिरहेको जीओ अटोमोबाइल्समाथि कारबाही गर्न आपूर्ति विभाग खुट्टा कमाउन थालेको छ। अनुगमनका क्रममा फोर्ड ब्रान्डको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा लाखौं रुपैयाँ ठगीभइरहेको कैफियत भेटिसक्दा पनि विभागले कारबाही गरेको छैन। विभागले करिब एक महिनाअघि फोर्ड ब्रान्डको थापाथलीस्थित बिक्रेता जीओ अटोमोबाइल्समा अनुगमन गरेको थियो।

विभागले बयान सकेर दुई साताअघि मुद्दा दायर गर्ने दाबी गरे पनि उपभोक्ता ठग्ने जीओ अटोमोबाइल्सलाई हालसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन। उपभोक्तावादी संघसंस्थाले आपूर्ति मन्त्रालयका तत्कालीन मन्त्री जयन्तबहादुर चन्दसहित अर्थ मन्त्रालयसम्म दोषी भनेकामा जीओ अटोमोबाइल्सले रकमको भागबण्डा गरेकाले कारबाही गर्न नसकिएको दाबी गरेका छन्। उपभोक्तावादी ज्योति बानियाँले व्यापारी, कर्मचारी र नेताको मिलोमतोमा ब्रम्हलुट गर्ने जीओ अटोमोबाइल्समाथि कारबाही हुन नसकेको बताए।

‘कारबाहीबाट जोगिन व्यापारीले लाखौं रुपैयाँ विभिन्न शक्ति केन्द्रमा वितरण गरेका छन्’, बानियाँले भने,‘यो रकमको भागबण्डा आपूर्ति विभागमा पनि पुगेको छ। त्यही भएर अनुगमन गरिएका कुनै पनि दोषीमाथि आपूर्ति विभागले कारबाही गर्न सकेको छैन। बार्गेनिङ नमिल्दा अनुगमन गर्ने, त्यसपछि फेरि बार्गेनिङ गरी कारबाही रोक्ने प्रवृति आपूर्ति विभागमा देखिएको छ।’

व्यापारीको राजनीतिक दलका उच्च नेतासम्म पहुँच भएकाले रकम लेनदेनका आधारमा कारबाहीबाट जोगिँदै आएका छन्। आपूर्ति विभागले भने सम्पूर्ण प्रक्रिया पूरा नभएकाले मुद्दा दायर गर्न नसकिएको दाबी गर्दै आएको छ। विभागमा महानिर्देशक कुमारप्रसाद दाहालले फोर्ड बिक्रेता जीओ अटोमोबाइल्समाथि जसरी पनि कारबाही गराएर छाड्ने बताउँदै आएका छन्। महानिर्देशक दाहालले घुमाउरो पारामा जीओ अटोमाबाइल्स कारबाहीबाट जोगिन विभिन्न शक्ति केन्द्र धाउँदै आएको जानकारी समेत दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments