२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज सरकार विस्तार

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए।

‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नुहुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको छ। सोमबार चारबजेसम्म सरकार बिस्तार हुन्छ ।’

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा दुवै पार्टीले सरकारमा पठाउन खोजेका मन्त्रीको प्रारम्भिक नाम र सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत केन्द्रित रहेर कुराकानी भएको छ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको थियो। १० फागुनमै मन्त्रालय भागबन्डा लगाए पनि दुवै पार्टीले आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै हँुदा टुंगो लगाउन सकेका थिएनन्।

मन्त्री बन्न दुवै पार्टीका आकांक्षीको ‘प्रेसर’ थेग्न ओली–दाहाल दुवैलाई सकस परेपछि निर्णयमा पुग्न ढिलाइ भएको हो।

प्रधानमन्त्रीले पार्टीबाट मन्त्रिपरिषद्मा पठाउने नेताहरूको नामका विषयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलसँग पनि आइतबार छलफल गरेका थिए।

प्रधानमन्त्रीले नेता नेपालसँग एक्लै र अन्य नेतासँग भने सामूहिक रूपमा सरकारमा पठाउने मन्त्रीहरूको विषयमा परामर्श गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

‘प्रधानमन्त्रीले दाहालदेखि पार्टीकै वरिष्ठ नेतासँग सरकार विस्तारका विषयमा केन्द्रित रहेर कुराकानी गर्नुभएको छ’, ओलीका प्रेस संयोजक अधिकारीले भने, ‘सम्भवतः सोमबार मन्त्रिपरिषद् विस्तार हुन्छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments