महासचिव दिपेन्द्र चलाउने पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महासचिव दिपेन्द्र चलाउने पक्राउ


१३ फाल्गुन २०७४, आइतबार


काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टि (विप्लव) निकट अखिल क्रान्तिकारीका महासचिव चलाउनेलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो र कमलपोखरीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार काठमाडौंको हातिबारबाट पक्राउ गरेको हो । चलाउनेलाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।

महासचिव चलाउनेमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

कोठामा प्रहरीको छापा

चलाउने पक्राउ लगत्तै उनी बस्दै आएको बालाजुस्थित कोठामा प्रहरीले छापा मारेको छ । राति करीब ८ बजेतिर आएका सादा पोसाकका प्रहरीले चलाउनेको कोठामा छापा मारी केही सामानहरु समेत लगेका छन् ।

यस क्रममा उनका ११ वर्षिया छोरालाई सोधपुछ गर्नुका साथै कोठामा भएका ल्यापटप, मोबाइल, सिमकार्ड, पेनड्राइभ लगाएत सामानहरु लिएर गएको बताइएको छ ।

खोजतलासका क्रममा कोठाभित्र रहेका केही सामानहरु छरपस्ट पारिँदा र प्रहरी अधिकारीले छोरासँग गरिएको सोधपुछपछि मानसिक असर परेका पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस