२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद

अ+ अ-

भक्तपुर । भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ ।

भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल फाइबरको लाइन काटिएपछि शुक्रबार साँझदेखि टेलिफोन र आज बिहान १० बजेदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमख कामता श्रेष्ठले पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि सञ्चार सम्बन्ध विच्छेद भएको बताए । राधेराधेबाट प्राविधिक टोलीले अप्टिकल फाइबरको लाइनलाई वैकल्पिक प्रविधिबाट अपराह्न २ बजेदेखि मोबाइलको लाइन सञ्चालन गरेको उनले जानकारी दिए ।

अप्टिकल फाइबर चुँडिएपछि भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा ल्याण्डलाइन फोन र मोबाइल सेवा अवरुद्ध भए पनि भक्तपुरमा मात्रै मोबाइल सेवा सञ्चालन भएको छ । अन्य जिल्लामा भने सबै सेवा अवरुद्ध छ । मोबाइल सेवा खुलाउने प्रयास भइरहेको बताइएको छ । रासस

0 Comments