२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताललाई १ अर्ब दान

अ+ अ-

काठमाडौं । श्रीकुञ्ज कान्तिपथका ९४ वर्षीय श्रीजंग शाह शनिबार दंग देखिन्थे । आफ्नै घरमा आएका पाहुनाको भीडले घेरिएका उनी एक–एक गरी सबैलाई नियालिरहेका थिए । बाँकेको फत्तेबाल आँखा अस्पताललाई आफू बसिरहेको घरसहित ३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा दान दिएसँगै वाहवाही पाएका उनी घरमा आएका पाहुनासंँग फोटो खिचाउन व्यस्त थिए ।

पारिवारिक स्रोतका अनुसार दान गरेको घर र जग्गाको मूल्य एक अर्ब बराबरको हुन आउँछ । लौरोको सहारामा भीडमा उभिएका शाहले दान गर्न पाउँदा आत्मबल बढेको बताए । ‘यो मेरो पैतृक सम्पत्ति हो,’ उनले भने, ‘१/२ वर्षअघिदेखि नै केही गरौं भन्ने लागेको थियो, गीता र बाइबल पनि पढें, आमाबुवा दानी हुनुहुन्थ्यो, उहाँहरूले जग्गा दिएर अस्पताल स्थापना भएको थियो, उहाँहरूकै प्रेरणाले सम्पत्ति दान गर्न हौसला मिल्यो ।’ उनले गत फागुन ३ मा अस्पतालका नाममा जग्गापास गरिदिइसकेका छन् ।

उनको र पत्नी रुद्रकुमारीको मृत्युपश्चात् उक्त जग्गा अस्पतालले पाउने छ । ‘जो कसैको आत्माले कुभलो नचिताओस्,’ उनले भने, ‘राम्रो काम गर्दा आत्मबलमात्र हैन, आत्मसन्तुष्टि पनि मिल्दो रैछ ।’ शाह फत्तेबाल आँखा अस्पतालका संरक्षक हुन् । ‘यो उमेरमा पनि म बाँचिरहेको छु, यो सबै आत्मबलले गर्दा हो,’ उनले भने, ‘विश्वभर दिनमा करोडौं मान्छे जन्मिन्छन् र त्यति नै संख्यामा मर्छन्, तर तिनको गन्ती हुँदैन, त्यसैले समाजका लागि जसले गर्छ, उसको गन्ती पछिसम्म हुन्छ ।’ उनले देशमा अमर रहने काम गर्नुपर्ने बताए ।

शाहको पुर्खौली जाजरकोटमा भए पनि उनी काठमाडौंमा जन्मिए । बाँके, बर्दिया, कैलालीमा पुगेर जीवन व्यतित गरे । उनको योगदानको कदर गर्दै जाजरकोट समाज काठमाडौं र जाजरकोट समाज बाँकेले घरमै पुगेर शनिबार अभिनन्दन गर्‍यो ।कार्यक्रममा जाजरकोटबाट निर्वाचित सांसद, अगुवा र बाँकेका युवा नेता तथा समाजसेवीको उपस्थिति थियो ।

श्रीजंगको आडैमा रहेकी रुद्रकुमारी अरूले बोलेको कुरा सुनिरहेकी थिइन् । उनको मुहार हँसिलो थियो । ‘मान्छे भएर जन्मिएपछि सबैले सम्झिने काम गर्नुपर्छ,’ उनले मसिनो स्वरमा भनिन्, ‘त्यही काम हामीले गरेका हौं, सबैले राम्रो काम गर्नु भएको भन्दै स्याबासी दिँदा खुसी लागेको छ ।’ दम्पतीका एक छोरी छन् । ‘सबैले आफ्नो मात्र नहेरौं, देशलाई सम्झिने काम गरौं,’ श्रीजंगले भने, ‘त्यही काम मैले गरेको छु ।’

अहिले उनलाई दैनिक राम्रो काम गरेको भन्दै स्याबासी दिनेको फोन आउने गरेको छ । उनी सबैलाई समाजले देख्ने र आफू अमर हुने काम गर्न सुझाउँछन् । ‘परिवारमा यति ठूलो उदाहरणीय काम कसैले गरेको थिएन,’ श्रीजंगका भतिजा निरजकुमार शाहले भने, ‘सायद काकाले जति धेरै सम्पत्ति नेपालमै कसैले अहिलेसम्म दान गरेको छैन, उहाँ हाम्रा लागि प्रेरणाको स्रोत बन्नु भएको छ, सिंगो परिवार उहाँको साहसिक कार्यले गौरवान्वित बनेका छौं ।’

अभिनन्दन गर्न पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा पुगेका थिए । ‘एउटा सामाजिक संस्थालाई जीवन्त बनाउन उहाँले प्रेरणादायी काम गर्नुभएको छ,’ उनले भने, ‘यो कार्यले समाजलाई उत्तरदायी बनाउने छ, सबैमा सामाजिक काम गर्न ऊर्जा थप्ने छ ।’ भतिजा निरजकुमारका अनुसार श्रीजंगका बुबाआमा स्वर्गीय कप्तान फत्तेजंग र बालदिब्यश्वरी शाहले ०४३ सालमा अस्पताललाई घरसहित करिब ५ बिघा जग्गा दिएका थिए । त्यसपछि अस्पताल स्थापना भएको थियो । यो अस्पतालबाट सुदूरपश्चिम, मध्यपश्चिम र भारतका नागरिक लाभान्वित हुँदै आएका छन् । ‘उहाँहरूले निस्स्वार्थ रूपमा सहयोग गर्नुभएको छ,’ अस्पतालका बोर्ड सदस्य धु्रब बस्यालले भने, ‘उहाँहरूले दान गरेकै घरबाट सुरु भएको अस्पताल अहिले बाँके हुँदै सुर्खेत, बर्दिया र डोल्पासम्म पुगेको छ ।’ बर्दियामा मात्र ३ शाखा छन् । ९ बेडबाट सुरु भएको अस्पताल अहिले १ सय ५० बेड पुगेको छ । वार्षिक १ लाख २० हजारभन्दा बढी बिरामीको आँखा परीक्षण हुँदै आएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments