२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीहरू छान्नै हम्मे : एमालेमा आकांक्षी धेरै, माओवादीमा हानथाप

अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रले मन्त्रीको नाम भने टुंगो लगाउन सकेका छैनन् । मन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न समस्या परेपछि नाम तय हुन नसकेको हो ।

यसले गर्दा केपी ओली नेतृत्वमा सरकार बनेको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। एमाले र माओवादी दुवै पार्टीले मन्त्री छनोटका लागि अध्यक्षसहितका शीर्ष नेतालाई जिम्मेवारी दिएका छन्।

एमालेको शुक्रबार स्थायी समिति बैठकले वरिष्ठ नेताहरूका परामर्शमा प्रधानमन्त्री ओलीलाई नै नाम टुंग्याउने जिम्मेवारी दिएको छ। ‘मन्त्री छनोट गर्दा समावेशी, कार्यक्षमता लगायतका विषय हेरेर नेताहरूको परामर्शमा प्रधानमन्त्रीलाई नाम टुंगो लगाउने जिम्मेवारी दिइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भने। उनका अनुसार अब प्रधानमन्त्रीले नै मन्त्री छनोट गर्नेछन्। एमालेको तर्फबाट यसअघि लालबाबु पण्डित र थममाया थापा मन्त्री बनिसकेका छन्। माओवादीसँगको भागबन्डामा एमालेले १० वटा मन्त्रालय पाउने समझदारी भएकाले अब एमालेबाट ८ जना मन्त्री हुनेछन्। आठ जनाका लागि आकांक्षीको संख्या भने ठूलो छ।

माओवादीले पनि आफ्नो पार्टीबाट मन्त्री बन्नेहरू छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ। उनीहरूलाई समावेशी, जातीय र क्षेत्रीय सन्तुलन मिलाउने गरी व्यक्ति चयन गर्न जिम्मेवारी दिइएको छ। माओवादीका भागमा सातवटा मन्त्रालय परेको छ। तत्कालका लागि पार्टी एकता नभएकाले रामबहादुर थापा नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने माओवादीले करिब टुंगो लगाएको छ। यद्यपि कुन–कुन मन्त्रालय रहने भन्ने शुक्रबार मात्र मन्त्रिपरिषद्ले टुंग्याएकाले शनिबारसम्ममा दुई दलबीच कुराकानी भएपछि मन्त्रालय र व्यक्तिको अन्तिम छनोट हुनेछ।

माओवादीले गृह मन्त्रालय पाउने करिब निश्चित छ। त्यसैले त्यो मन्त्रालयमा को जाने भन्नेमा मुख्य नेताहरूबीच हानथाप छ। माओवादीले मन्त्री बनाउनेको रोस्टर करिब तयार गरेको छ। रोस्टरमा परेका व्यक्तिहरूमध्येबाट अब अध्यक्षले अन्तिम नाम छनोट गर्नेछन्। प्रत्येक प्रदेशबाट कम्तीमा एकजना पर्ने गरी छान्ने तयारी भएको माओवादी नेताहरूले बताएका छन्। माओवादीको रोस्टरमा रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर, मातृका यादव, सुदन किराती, अमलनलाल मोदी, देवेन्द्र पौडेललगायतको नाम छ। यीमध्येबाटै नेताहरूले छलफल गरेर मन्त्री बन्नेको नाम तय गर्नेछन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments