२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालय गाभिएपछि सचिवहरू अन्योलमा

अ+ अ-

काठमाडौं । सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा परेका हुन्।

बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को यो निर्णयसँगै अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १७ वटा मन्त्रालय मात्रै रहनेछन्। कुन मन्त्रालयमा कुन सेवा समूहका सचिव राख्ने सरकारले निक्र्योल गर्न सकेको छैन।

सरकारले गाभिएका मन्त्रालयका सचिवलाई फाजिलमा राख्दा मनोबल खस्कन सक्ने भन्दै तत्काल एकै मन्त्रालयमा तीन जनासम्म राख्ने गरी सचिवको व्यवस्थापन गर्न गृहकार्य अघि बढाएको छ।

तर, एउटै मन्त्रालयमा तीन जना सचिव राख्दा जिम्मेवारी र कार्यक्षेत्र विषयमा सचिवहरू बीचमै विवाद उत्पन्न भई मन्त्रालयको काम काजमै प्रभावित हुने देखिन्छ। यसअघि भौतिक, संघीय मामिलालगायत मन्त्रालयमा दुई जना सचिव राख्दा सचिव बीचमै तीव्र विवाद भएपछि ती मन्त्रालयमा दुई वटा सचिवको दरबन्दीबाट एउटा कटौती गरिएको थियो। अहिले अर्थ मन्त्रालयमा भने अर्थसचिव र राजस्व सचिव गरी दुई जना सचिव छन्।

आपूर्ति, उद्योग र वाणिज्य एउटै मन्त्रालय भएपछि त्यहाँ रहेका तीनै जना सचिव अन्योलमा छन्। वाणिज्यसचिव चन्द्रकुमार घिमिरेले शुक्रबारसम्म सचिवहरूको व्यवस्थापनबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। ‘मन्त्रालय मर्ज भयो भन्ने थाहा पायांै। सचिवको व्यवस्थापनबारे छिट्टै निर्णय होला’, घिमिरेले अन्नपूर्णस“ग भने। शुक्रबार मन्त्रालयहरू एकै पटक मर्ज भए पनि अधिकांश मन्त्रालयले पुरानै हैसियतमा काम गरिरहेका छन्। सचिवहरू आफ्नै मन्त्रालयको प्रतिनिधिका रूपमा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।

कृषि मन्त्रालय, सहकारी र भूमिसुधार मन्त्रालय एक आपसमा मर्ज भएपछि उक्त मन्त्रालयमा पनि तीन जनासम्म सचिव रहनेछन्। यही मन्त्रालयमा पशु विकास मन्त्रालय पनि मर्ज भएको छ।

कृषिका सचिव डा।सुरोज पोखरेल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली सचिवका रूपमा रहनेछन्। भूमिसुधार मन्त्रालयका सचिव शम्भु कोइराला भने भर्खरै मात्रै सेवा निवृत्त भइसकेका छन्। सिँचाइ मन्त्रालय ऊर्जामा मर्ज भएर जल स्रोत तथा ऊर्जा मन्त्रालय रहने भएकाले उक्त मन्त्रालयमा पनि दुई जना सचिव रहनेछन्।

यसैगरी, जनसंख्या तथा वातावरण मन्त्रालय भने खारेज भएको छ। यो मन्त्रालयको जनसंख्या क्षेत्र स्वास्थ्य मन्त्रालयस“ग मर्ज भएको छ भने वातावरण क्षेत्र वन मन्त्रालयमा लगेर मर्ज गरिएको छ। यसैगरी, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पनि खारेज गरिएको छ।

विज्ञानलाई शिक्षा मन्त्रालयमा र प्रविधिलाई सञ्चार मन्त्रालयमा लगेर मर्ज गरिएको छ। त्यस्तै, महिला तथा बालबालिका र श्रम तथा रोजगार मन्त्रालय मर्ज भएपछि उक्त मन्त्रलायमा पनि दुईजना सचिव रहने भएका छन्। शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालयमा तीन जनासम्म सचिव रहनेछन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments