बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धमा अन्तरक्रिया « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धमा अन्तरक्रिया


११ फाल्गुन २०७४, शुक्रबार


धनगढी । बाह्रबन ब्यबस्थापन मूल समिति गौरीगंगा ६ बनबेहडाले प्रदेश सभासद तथा नीति निर्मातासँग साझेदारी बन तथा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धमा अन्तरक्रिया गरेको छ ।

बाह्र बनका अध्यक्ष ठक्कर बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले उधोग पर्यटन तथा बन बाताबरण मन्त्री माया भट्ट, भूमी कृषि सहकारी मन्त्री बिनिता चौधरी बिशिस्ट लगायतसँग अन्तरकृया गरेको हो । कार्यक्रममा माननीय बिरभान चौधरी, कृष्ण सुवेदी, चुनकुमारी चौधरी, अमर साउँद लगायतले साझेदारीको बिषयमा आफ्नो धारणा राखेका थिए ।

बाह्रबनका बिषयमा उठेका जिज्ञासाको समाधान जिल्ला बन अधिकृत राजेन्द्र केसिले गरेका थिए । कार्यक्रमको सहजीकरण बाह्रबन उपसमितिका राज ऎरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस