प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल


११ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकलगत्तै अहिले नेकपा माओवादी केन्द्रसँगको एकता र मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।

बैठकको शुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको ६७ औँ जन्मदिनका अवसरमा केक काटिएको थियो । जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतहरु आएर शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस