काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा बैठक बोलाइएको सूचना जारी गरेका छन् ।
बैठकमा समसामयिक राजनीति सन्दर्भ र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।