प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता


१० फाल्गुन २०७४, बिहिबार


काठमाडौं । मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा उनीहरुबीचको छलफलले निष्कर्ष निकालेमा सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुनेछ ।

यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस