२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवका कार्यकर्तामाथि कडा निगरानी

अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ। पछिल्ला दिनमा भौतिक संरचनासहित व्यक्तिगत सम्पत्तिमाथि विप्लव नेतृत्वको माओवादीले आक्रमण गरी आतंक फैलाइरहेको छ।

गृहले विप्लवका कार्यकर्ता हिंसात्मक गतिविधिमा उत्रिएपछि उनीहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

गृहले हिंसात्मक गतिविधिमा संलग्न भएको पाइए विप्लवका नेता–कार्यकर्तामाथि तत्काल मुद्दा चलाउनसमेत निर्देशन दिएको छ।

मंसिरमा भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला यो पार्टीका नेता–कार्यकर्ताले मुलुकका विभिन्न स्थानमा हिंसात्मक घटना गराई आतंक फैलाएका थिए।

केही समय साम्यजस्तो देखिएका उनीहरू पुनः भौतिक संरचना र भ्रष्टाचारीका नाममा व्यक्ति विशेषका सम्पत्तिमाथि आक्रमण गर्न थालेपछि गृहले उनीहरूमाथि कडा निगरानी गर्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

गृहले संविधान र कानुनविरोधी काम गर्ने समूह वा व्यक्तिका गतिविधि माथि कडा निगरानी गरिएको जनाएको छ। उसले त्यस्ता अवाञ्छित गतिविधिमा सक्रिय हुने जोकोहीमाथि मुद्दा लगाइने र निगरानीका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ।

गृहप्रवक्ता नारायणप्रसाद दवाडीले शान्ति सुरक्षामा खलल पार्न खोज्ने व्यक्तिउपर कडा निगरानी गरिएको बताए।

दवाडीले अन्नपूर्णसँग भने, ‘जनमानसमा अशान्ति र भय सिर्जना गर्न खोज्नेमाथि सुरक्षा कारबाहीसमेत हुन्छ।’ उनले एनसेललगायत संरचनामा आक्रमण गर्ने विप्लव कार्यकर्ताको खोजी भइरहेको जनाए।

गृहले मुलुकभरका विप्लवका नेता–कार्यकर्ताको अभिलेख बनाई सोहीबमोजिम निगरानी र आवश्यक कारबाही गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएको छ।

विप्लव कार्यकर्ताले मंगलबार उपत्यकालगायत मुलुकका केही स्थानमा शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई आतंकित गरेका थिए।

प्रहरीले फागुन ६ मा विराटनगरको गुद्री बजारबाट नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पदमबहादुर राईलगायत कार्यकर्तालाई नियन्त्रणमा लिएपछि उनीहरूको हिंसात्मक गतिविधिमा बढोत्तरी आएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments