डीपीएलले गर्यो अक्सनबाट खेलाडी छनोट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डीपीएलले गर्यो अक्सनबाट खेलाडी छनोट


९ फाल्गुन २०७४, बुधबार


काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग दुईको बुधबार राजधानीमा अक्सन पनि सम्पन्न भएको छ । अक्सनबाट विभिन्न ६ टोलीमा सहभागी हुने ७२ लाई टिमसँग अनुबन्ध गरेका छन् ।

चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टीमले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ तथा ट्रफी प्रदान पाउने छ । यस्तै, तेस्रो हुनेले ३ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छ ।

प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए । उत्कृष्ट ब्याटस्म्यान र बलरको पुरस्कार पनि दिइने उनले बताए ।

गत वर्ष सम्पन्न पहिलो संस्करणको विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो ।

अक्सनबाट कुन टोलीले कुन खेलाडीलाई कतिमा खरिद गर्यो विस्तृतमा हेर्नुहोसः

DPL Players Value

प्रतिक्रिया दिनुहोस