२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीले सार्वजनिक गरे प्रमाणपत्र, पराजुलीलाई पनि सार्वजनिक गर्न केसीको चुनौती

अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीले बुधबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै आफ्नो नागरिकता तथा शैक्षिक योग्यताका प्रमाणपत्र सार्वजनिक गरेका छन् ।

डा. केसीले आफ्नो जन्ममिति फरक फरक भन्ने आरोप लागेपछि प्रमाण पत्र सार्वजनिक गर्नु परेको बताउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि आफुले जस्तै प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दिएका छन् ।

केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको प्रस्ट पार्दै एसएलसिको चारित्रिक प्रमाणपत्रवाहेक सबै शैक्षिक प्रमाणपत्रहरुमा एउटै भएको र प्राविधिक त्रुटिवश चारित्रिक र अन्य प्रमाणपत्रहरुमा फरक परेको स्विकार गरेका छन् ।

केसीले आफ्नो नागरिकता सार्वजनिक गर्दै पत्रकारलाई फोटो खिच्न समेत दिएका छन् ।

उनले पत्रकार सम्मेलनमा पराजुलीले आफ्नो पक्षबाट ओकालत गरिरहेको वकिललाई ज्यान मार्ने धम्कि दिएकाले उनी गुन्डा गर्दिमा समेत उत्रेको आरोप लगाउँदै न्याय विक्रि गर्ने न्यायधिशको बिरुद्ध लडिराख्ने बताए ।

उनको नक्कलि कार्यकाल रहेको भन्दै त्यो कार्यकाल सकिनु भन्दा अगाडी नै पराजुलीलाई जिम्मेवार जवाफदेही बनायर छोड्ने बताए ।

नेता जनताको हक हितको लागि आएका हुन् भने प्रधानन्यायाधिश पराजुलीलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा केसीका समर्थकले ‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ रु’ लेखेको प्लेकार्ड बोकेका थिए ।

0 Comments