बसको चक्काले थिचेर मृत्यु « प्रशासन
Logo २६ श्रावण २०७९, बिहिबार
   

बसको चक्काले थिचेर मृत्यु


९ फाल्गुन २०७४, बुधबार


बस दुर्घटना

काठमाडौं । स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ ।

गए राति काठमाडौंको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो । मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । बालाजु बाइपासबाट शेषमती आउँदै गरेको बा७९प २९८५ नंको पल्सर मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको बा३ख २६१३ नंको बसको चक्काले थिचेको थियो ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख विश्वराज खड्काले सडक पार गर्दै गरेको अवस्थामा पैदलयात्री बचाउने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा घाइते मोक्तानको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार खोटाङ घर भई बानियाँटार बस्ने २२ वर्षीय मिलन परियारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस