२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसद्को पहिलो बैठक २१ फागुनमा

अ+ अ-

काठमाडौं । संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१) को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको नतिजा आएपछि संघीय संसद् बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुँडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो । १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सांसद निर्वाचित भएका छन् । २४ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट ५६ सदस्य निर्वाचित भएका छन् । संविधानअनुरूप सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने तीन सांसद भने मनोनयन हुन बाँकी छ ।

संविधानमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सञ्चालन सभामुख–अध्यक्ष निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ । निर्वाचन आयोगले आधिकारिक रूपमा सांसदहरूको सूची सचिवालयमा उपलब्ध नभएकाले अहिलेसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाको ज्येष्ठ सदस्य यकिन भइनसकेको प्रशासन महाशाखा प्रमुख दुराले बताए । ‘आधिकारिक रूपमा राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूको व्यक्तिगत विवरणसहितको सूची प्राप्त भइसकेको छैन, तसर्थ हामीले पहिलो बैठक सञ्चालनका लागि दुवै सदनमा ज्येष्ठ सदस्य यकिन गर्न नसकेका हौँ,’ दुराले भने, ‘पहिलो बैठक आह्वान भएपछि मंगलबार सचिवालयलाई सरकारले राजपत्रमा प्रकाशन भइसकेको सूची उपलब्ध गराउने जानकारी आएको छ । त्यसपछि हामीले सबै सदस्यहरूको उमेर अध्ययन गरेर ज्येष्ठ सदस्यको निक्र्योल गर्छौं ।’

पहिलो बैठकका लागि सम्पूर्ण तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव सुरज दुराले बैठक बस्ने स्थान, कार्यव्यवस्था समिति बैठकका लागि आवश्यक पर्ने कर्मचारी जनशक्ति र पूर्ण बैठकका लागि आवश्यक पर्ने जनशक्ति खटाउने काम भइसकेको बताए । ‘सचिवालयबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भइसकेको छ, अब निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचित सांसदको सूची दियो, कसरी व्यवस्थापन गर्ने भन्ने तयारी गर्छौं,’ महाशाखा प्रमुख दुराले भने । सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकका लागि अलग–अलग बैठक कक्ष बनाएको छ । प्रतिनिधिसभा सदस्य बस्ने कुर्सीको रङ आकासे निलो र राष्ट्रिय सभाका सदस्य बस्ने कुर्सीको रङ रातो बनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments