२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसदमा ३४ प्रतिशत महिला

अ+ अ-

काठमाडौं । संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको संघीय संसदमा १ सय १२ जना महिलाको प्रतिनिधित्व हुने भएको छ । संघीय संसदमा राष्ट्रियसभाबाट ५९ जना, प्रतिनिधिसभातर्फबाट २ सय ७५ गरी ३ सय ३४ सदस्य छन् । त्यसमध्ये १ सय १२ जना महिला निर्वाचित भएका छन् ।सबैभन्दा धेरै एमालेबाट ५० जना छन् । प्रतिनिधिसभामा समानुपातिकबाट ३७, राष्ट्रियसभामा २२ जना र प्रत्यक्षबाट २ गरी एमालेबाट महिला संघीय संसद्मा आएका छन् ।

नेपाली कांग्रेसबाट संघीय संसदमा २६ जना महिलाको उपस्थिति छ । प्रतिनिधिसभामा २०, राष्ट्रियसभामा ६ जना महिला संघीय संसदमा आएका छन् ।माओवादी केन्द्रबाट २२ जना महिला रहेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट ३, समानुपातिकबाट १६ र राष्ट्रियसभामा ३ जना महिलाले संघीय संसद्मा प्रतिनिधित्व गरेका छन् ।त्यसैगरी संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा १ गरी ६ जना महिला छन् ।

राष्ट्रिय जनता पार्टीबाट ६ जना महिलाको उपस्थिति छ । राष्ट्रिय जनमोर्चाबाट १ जना महिलाको प्रतिनिधित्व छ । राष्ट्रियसभाका लागि एकजना महिला सरकारले मनोनीत गर्ने भएको छ । निर्वाचनमा ठूला दलले प्रत्यक्षतर्फ महिला एकदमै कम उठाएका थिए । साना अस्तित्वमा नभएका दल, स्वतन्त्र र जित्न नसक्ने स्थानबाट महिला उम्मेदवार बनेका थिए । एमालेले २, माओवादी केन्द्र ३ र राष्ट्रिय जनमोर्चाबाट १ गरी ६ जना महिला प्रतिनिधिसभामा प्रत्यक्ष तर्फबाट विजयी भएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments