कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’को उपन्यास ‘सञ्जीवनी’ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’को उपन्यास ‘सञ्जीवनी’ सार्वजनिक


६ फाल्गुन २०७४, आइतबार


काठमाडौं । गीतकार, गजलकार तथा आख्यानकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’द्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरियो । वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्नेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं बहिरा संघकी अध्यक्ष सत्यदेवी वाग्ले रहेकी थिइन् । त्रिविका उपप्राध्यापक महेश पौडेल, प्रा. डा. रजनी ढकाल र समीक्षक तथा लेखक राम लोहनी लगायतले संयुक्त रुपमा कृति विमोचन गरेका थिए ।

पुस्तकमा आवाजविहीन बालिकाको बाल्यकालीन पीडानुभूतिदेखि वैवाहिक एवं राक्षसी यौनहिंसासम्मका विषय मूल रुपमा उठान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि वाग्लेले सञ्जीवनी उपन्यास अपाङ्ग र अशक्तहरुलाई सक्षम बनाउन उत्प्रेरित गर्ने महत्वपूर्ण दस्तावेद हुन बताएकी छन् । आफैँ पनि आवाजविहीन वाग्लेले दोभाषेको माध्यमबाट उक्त कुरा व्यक्त गरेकी हुन् ।

आवाजविहीन तथा साहित्यीक क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्का साथ अक्षयकोष स्थापना गर्ने घोषणा गरी दुई लाखको चेक सोही समारोहमा कृतिकार कल्पना र उनका श्रीमान लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा साहित्यकार गङ्गा पौडेललाई हस्तान्तरण समेत गरे । उक्त उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस