माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन


६ फाल्गुन २०७४, आइतबार


काठमाडौं । माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । आइतबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष दाहाललाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको छ ।

बैठकले पार्टीका समानुपातिक तर्फ विजयी सांसदलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।

बैठकमा एमालेसँगको एकता प्रक्रियाबारे छलफल भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए।

एमालेसँगको एकताबारे आइतबार पनि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले छलफल गर्ने दाहालले बैठकमा जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस