२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा आफन्त भर्ती गर्न परीक्षा नै रद्द

अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारीका आफन्त उत्तीर्ण नहुने देखेपछि करारमा कम्प्युटर अपरेटर नियुक्ति गर्न लिइसकेको परीक्षासहित विज्ञापन नै रद्द गरेको छ । आफन्तलाई जागिर खुवाउनै उक्त परीक्षा लिने जिम्मेवारी सम्बन्धित डिन कार्यालयलाई दिइएको छ ।

त्रिवि कार्यकारी परिषदको पुस ४ को बैठकले डिन कार्यालयहरूका लागि रिक्त मुख्य प्राविधिक ९सहायक कम्प्युटर अपरेटर० करार सेवाबाट पदपूर्ति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पुस ३० मा गोरखापत्रमा विज्ञापन गरी माघ २८ मा लिइएको प्रयोगात्मक परीक्षा रद्द गरिएको हो ।

परिषदको निर्णय नम्बर १६२४ मा करारमा १० जना कर्मचारी छनोट गर्ने उल्लेख छ । त्यसअनुसार खुलाइएको विज्ञापनमा १ सय ६७ जनाले आवेदन दिएका थिए । परीक्षा मर्यादित र निष्पक्ष बनाउन भन्दै पुस १८ मा कम्प्युटर साइन्सका विभागीय प्रमुख नवराज खनालको संयोजकत्वमा ३ सदस्यीय पदपूर्ति समिति गठन गरिएको थियो । त्रिविका सहप्रशासक सूर्य अधिकारी र षोडषी ओझा सदस्य थिए । त्रिवि पदाधिकारीले आफन्त पास गराउनकै लागि परीक्षा हुने अघिल्लो दिन समितिमा विष्णुहरि गुरागाईं र निर्मल मिश्रलाई थप गरेका थिए । ‘पदाधिकारीका आफन्त पास गराउन उनीहरूलाई पठाइएको रहेछ,’ स्रोतले भन्यो, ‘परीक्षा निष्पक्ष भएकाले आफन्त पास नहुने देखेर त्रिविका पदाधिकारीले आत्तिएर परीक्षा र विज्ञापन नै रद्द गर्न लगाए ।’

समितिले पुल्चोक इन्जिनियरिङ कलेजमा प्रयोगात्मक परीक्षा लिएको थियो । त्रिवि रजिस्ट्रार कार्यालयले पदपूर्ति समितिका सदस्यहरूलाई दबाबमा राजीनामा गराएर परीक्षासहित उक्त विज्ञापन नै रद्द गर्ने निर्णय माघ २९ मा लिएको थियो । समितिका सदस्यहरूले आफूहरूले रेक्टर सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीको दबाबमा परीक्षा रद्द गरी राजीनामा दिएको बताएका छन् । ‘परीक्षा लिएको भोलिपल्ट एकाएक रद्द गर्ने निर्णय भयो,’ त्रिवि स्रोतले भन्यो, ‘उनीहरूका पक्षबाट थप गरिएका सदस्यले के कुरा लगाए, त्यसपछि परीक्षा नै रद्द गरियो ।’ समितिले प्रयोगात्मक परीक्षाको उत्तर ‘सिल प्याक’ गरेर राखेको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालयले माघ २८ मा लिइएको परीक्षा रद्द गरिएको भन्दै आवेदकलाई आवेदन दस्तुर र परीक्षा दस्तुर त्रिवि आर्थिक प्रशासन महाशाखाबाट फिर्ता लिन बिहीबार सूचना प्रकाशित गरेको छ । ‘त्रिविअन्तर्गत विभिन्न डिन कार्यालयका लागि मुख्य प्राविधिक सहायक कम्प्युटर अपरेटर पद १० मा करार सेवाद्वारा पदपूर्ति गर्न मिति २०७४ पुस ३० गते गोरखापत्रमा सूचना प्रकाशित गरेअनुसार प्रयोगात्मक परीक्षा माघ २८ मा भएकोमा विशेष कारणवश उक्त परीक्षा माघ २९ मा भएको निर्णयअनुसार रद्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘आवेदन दस्तुर र परीक्षा दस्तुर त्रिवि आर्थिक प्रशासन महाशाखाबाट फिर्ता दिइने व्यवस्था मिलाइएको छ ।’ आवेदकले आवेदन दस्तुर ३ सय र परीक्षा शुल्कबापत २ हजार रुपैयाँ बुझाएका थिए ।

पार्टीनिकट व्यक्ति डिन रहेकाले उसले लिने परीक्षामा रेक्टर र रजिस्ट्रारले चलखेल गरी आफन्त पास गराउन सक्ने देखेर यस्तो निर्णय लिइएको स्रोतको दाबी छ । डिन कार्यालयलाई कर्मचारी छनोट गर्न भन्दै कर्मचारी प्रशासन महाशाखा प्रमुख वासुराज गिरीले लेखेको पत्रमा भनिएको छ, ‘त्यस कार्यालयबाटै त्रिवि नियमअनुसारको प्रक्रिया पूरा गरी यथाशीघ्र करार सेवामा नियुक्त गर्न स्वीकृति प्रदान गरिएको व्यहोरा माघ २९ को निर्णयअनुसार आवश्यक कार्यार्थ अनुरोध गर्दछु ।’ त्रिवि रजिस्ट्रार उप्रेतीले परीक्षा व्यवस्थित नभएको गुनासो आएकाले रद्द गरिएको दाबी गरे । ‘परीक्षा लिइन्छ, केही कमजोरी भयो भने रद्द गरिन्छ । तपाईंलाई यो कमजोरी भयो भन्यो भने फेरि घोच्नुहुन्छ,’ उनले भने, ‘परीक्षा अलि फेयर भएन भनेर प्रश्न उठ्यो, त्यसैले रद्द गर्‍यौं ।’ आफन्तलाई पास गराउन नसकेका कारण परीक्षा रद्द नभएको दाबीसमेत उनको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments