एक वर्षभित्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक वर्षभित्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान


५ फाल्गुन २०७४, शनिबार


काठमाडौं । प्रदेश ५ को आर्थिक विकासको ढोका खोल्ने अपेक्षा गरिएको राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिएको छ । यो विमानस्थल निर्माणसँगै काठमाडौंबाहिरबाट पनि अन्य मुुलुकसँग हवाईसेवा सुरु हुनेछ ।

विमानस्थलबाट बुद्धको जन्मभूमि लुम्बिनी २० किलोमिटर दूरीमा पर्छ । लुम्बिनी आउने बौद्धमार्गीका लागि यो विमानस्थल सहज हुनेछ । पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन सके लाखौँ पर्यटकलाई लुम्बिनी भित्राउन सकिनेछ ।

निर्माणमा ढिलाइ गरेको जनाउँदै एडिबीले आर्थिक सहायता रोक्ने चेतावनी दिएको छ । समयमै काम सम्पन्न नगरेको र भइरहेका काम पनि सन्तोषजनक तरिकाबाट अगाडि नबढेको एडिबीले चिनियाँ कम्पनीलाई चेतावनीपत्र दिँदै आएको परियोजना प्रमुख शर्माले बताए ।

सुरुवातमा ७९ बिघा क्षेत्र रहेको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन दुई सय आठ बिघा क्षेत्र जग्गा अधिग्रहण गरिएको थियो । यसैलाई अन्तर्राष्ट्रिय बनाउन थप पाँच सय बिघा जग्गा अधिग्रहण गरी यसको क्षेत्रफल सात सय ८७ बिघा पु¥याइएको छ । सुरुवातमा एक हजार पाँच सय २० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई स्तरोन्नति गरेर तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइ बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको यो विमानस्थलमा जहाजले पूर्व र पश्चिमबाट उडान भर्न र अवतरण गर्न सक्नेछन् । साथै हुस्सु लागेको वेला तीन सय मिटर भिजिबिलिटीमा पनि विमानले उडान भर्न र अवतरण गर्न सक्नेछन् । अहिले एक हजार ६ सय मिटरभन्दा कम भिजिबिलिटी विमान अवतरण र उडान भर्न समस्या हुन्छ ।

सुरुवातमा ६ वटा जहाज पार्किङको तयारी गरिएको भए पनि जग्गा अधिग्रहण गरिएपछि थप जहाज पार्किङ गर्न मिल्ने गरी संरचना बनाउन थालिएको छ । थपिएको पाँच सय बिघा जमिनमा पार्किङ थप्ने, नयाँ टर्मिनल बनाउने लक्ष्य रहेको शर्माले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस